सिरहामा सडक दुर्घटनामा परी महिलाको ज्यान गयो



सिरहा २६ बैशाख । सिरहको गोलबजारमा ट्रकको ठकर बाट एक महिलको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख. ३३०९ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सबार साफी विष्णुपुर गाउँपालिकामा आफन्तकोमा गइरहेका बेला मैनाबत्ति पुलको विचमा एकैपटक दुईवटा ट्रक आएका बेला डराएर साइकल अनियन्त्रित भएपछि साइकल ट्रकमा ठोक्किएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरिले जानकारी दिनुभयो ।    सिरहाको गोलबजार नगरपालिका–४ मैनाबत्ति पुलमा ट्रकले किचेर धनगढीमाई नगरपालिका–१० की ३५ वर्षीया विन्दा साफीको बिहीबार बिहान मृत्यु भएको छ् । ट्रकले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि अस्पताल लहानमा राखिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्