खेलकुद

नेपाली क्रिकेट टोलीले केन्या सँग आज एक दिवसीय अभ्यास खेल खेल्दै

By थाहा अनलाइन

December 03, 2017

सैघाली खबर काठमाडौं,१७ मंसिर

युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग आज एक दिवसीय अभ्यास खेल खेल्दै छ । विश्व क्रिकेट लिग च्याम्पीयन्सीपअन्तर्गत घरेलु टोली युएईसँग अन्तिम चरणको खेल खेल्न गएको नेपालले दोस्रो अभ्यास खेलमा केन्यासँग खेल्न लागेको हो ।

यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा डिभिजन तीनको टोली अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो । जारी विश्व क्रिकेट लिग च्याम्पीयन्सीपबाट नेपाल डिभिजन टू मा घटुवा भइसकेको छ । प्रतियोगिताको फाइनल पुग्न सके नेपालले एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान पक्का गर्ने छ ।