उज्यालो बिहानीको हस्तक्षेप तरकारी व्यापारीमा हलचल



घोराही बैशाख २६
लकडाउनको समयमा ठुला व्यापारीले मन परि चर्को मुल्यमा तरकारी बेचेको पाइए पछि, उज्यालो बिहानी फाउन्डेशनले, वाई सेवा प्राली सङ्ग समन्वय गर्दै निरन्तर १४ दिन देखि, घोराही बजारमा जन सेवा मुलक काम गरि रहेको छ ।

यो समाजिक संस्थाको हस्तक्षेप घोराहीबासीले अत्यन्त रुचाएका छन र सबै प्रशन्न देखिन्छन । १४० रुपैयाँ पर्ने करेला ६० रुपैयाँमा पाउदा, ६०/८० रुपैयाँ किलो काक्रा २० रुपैयाँमा पाउँदा र ५० रुपैयाँ किलो बन्दा १५ रुपैयाँमा पाउँदा घोराहीबासी खुशीले दङ्ग मात्र छैनन, व्यापारमा यति फरक हुदो रहेछ भन्ने चेत पनि खुलेको बताउछन ।

पहिले ३/४ दिन किशान कै मुल्यमा बेचेको उज्यालो बिहानी फाउन्डेशनले दैनिक १२-२० हजार घाटा खान थाले पछि, किलोमा ५-१० रुपैयाँ मुल्य जोडेर तेल र गाडी खर्च व्यवस्थापन गर्न खोजेको तर १५% अन्दाजी तरकारी कुहिएर जाने, र किलो तौलेर दिदा १०० ग्राम देखि १ पाउ सम्म बढी जादा, करिब ३०% घाटा भएको उज्यालो बिहानीका सचिव तुला बि.के बताउनु हुन्छ ।

१४ दिन सम्म कति घाटा भयो भन्ने भनाईमा, फाउन्डर जेपी केसी ज्यू अहिले सम्म १ लाख ३० हजार घाटा भएको र उक्त घाटा रकम हामी, भोलुन्टर साथीनै उठाएर तिर्ने बताउनु हुन्छ तर उज्यालो बिहानीलाई दिनु भएको सहयोगबाट नकाट्ने बताउनु हुन्छ ।

हाल सम्म केही साथीहरुले निशुल्क गाडी सेवा पनि दिनु भएको छ तर प्रयाय कहिले २५०० देखि ३००० सम्म ३ वडा गाडी भाडामा ल्याएको उज्यालो बिहानीका म्यानेजर मनोज श्रेष्ठ बताउनु हुन्छ ।

निकै चर्को मुल्यमा उपभोक्ताहरु किन्न बाध्य भैरहेको बेला ३/४ गुणा सस्तोमा तरकारी उपभोक्ताले किन्न पाउँदा खुसी छन । उज्यालो बिहानीले मात्र लाखौ बस्ती भएको बजारमा सबै ठाउँ पुर्याउन अवश्य संभव प्रयाय छैन यद्यपि हामीले लिएको कदमले, चारै तिर बजारको मूल्य घटेको, उज्यालो बिहानी फाउन्डेशन (यूवीएफ) ३ नम्बर टिमका लिडर समीर खनाल बताउनु हुन्छ ।https://youtu.be/aUgf0SMwbpc

वाई सेवा प्रालिले जनताको सेवक भएर फ्री इकोनोमिक्स मार्केटको जमनामा संभावनाको खोजी गर्दै जनता मुखी काम निरन्तर गर्ने दृघकालिन सोच बनाएको छ । वाई सेवाको व्यवस्थित वेवसाइट र एप बनाएर, किसानहरुले दुई पैसा बढी पाउने र उपभोक्ताले धेरै सस्तोमा तरकारी पाउने व्यवस्था निर्माण गर्न, गृहकार्य लागी रहेको छ । यसले किशानले नि मुल्य पाउने, उपभोक्ताले नि सस्तोमा पाउने हुन्छ । वाई सेवा प्रालीका अध्यक्ष सुदन बि.सी बताउनु हुन्छ ।

यति बेला तरकारीमा चर्को मुल्य घटेको छ । युवाहरुको यो प्रयास सबैले सराहनिय रुपमा लिएका छन । घोराही बजार भरी घटेको मुल्यले, महङ्गो व्यापारी भने ठप्प छन । फेरि पनि कतै महँगो त बनाउने होइनन भनेर, निरन्तर निगरानी दिने उज्यालो बिहानीका सदस्य बताउछन । अरु त्यस्तै कुनै क्षेत्रमा भए जानकारी दिन उज्यालो बिहानीका सदस्य प्रताप विष्ट बताउछन ।
जनता प्रति उत्तर दाइत्व बहन गर्दै उज्यालो बिहानी फाउन्डेशनले गरेका करिब २५० परिवारलाई राहत, ७०० बढीलाई नि:शुल्क खाना, ३ जनाको उद्धार र कोठा व्यवस्थापन र खर्च, उपचार नपाएकालाई उपचार, एम्बुलेन्स सेवा निशुल्क, बाँस नभएकालाई बाँस, ग्यास नभएकालाई ग्यास, फोनमा डाक्टर सङ्ग स्वास्थ्य परामर्शको सेवा लगायत थुप्रै काम गर्दै आई रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्