नेवार समुदायमा योमरी पुन्ही मनाइँदै



सैघाली खबर
काठमाडौं,१७ मंसिर


योमरी पुन्ही आज नेवार समुदायमा हर्सोल्लासका साथ मनाइँदैछ । धान्य पूर्णिमाका रुपमा प्रचलित यो पूर्णिमालाई नेवारी समुदायले विशेष रुपमा मनाउने गरेको छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो ।

आजका दिन बिशेषगरी चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक र खुवाबाट योमरी बनाउने चलन रहेको छ ।नेवार समुदायमा आफैंले उत्पादन गरेको अन्न तथा ढुकुटी पुजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ । यसलाई न्वागीका रुपमा लिने गरिन्छ । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ ।

आजका दिन नेवारी गीत गाएर नाच्दै आउने युवालाई योमरी दिएर खुसी पार्ने परम्परा रहेको छ । यसैबीच आजै १४ औँ ज्यापू दिवश पनि मनाइँदैछ । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहेनती र पौरखी समुदायको रुपमा उनीहरुलाई लिने गरिएको छ । दिवशका अवसरमा काठमाडौंको टेकुबाट भित्री शहर हुँदै वसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्‍यालीसहित सभाको आयोजना गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्