गिरिराज नेपाली
दाङ, १७ मंसिर ।
यही मंसिर २१ गते हुन लागिरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको तयारी संगै आईतवार देखी दाङमा मतपेटिका तथा अन्य निर्वाचन सामाग्री वितरण सुरु गरिएको छ । निर्वाचन सामाग्री अन्र्तगतका मतपेटिका, मतपत्र , निर्वाचन बुकलेट , मतदान केन्द्रमा खटिएका कर्मचारीका टोपी लगाएतका अन्य आवश्यक सामाग्रीहरुको वितरण सुरु गरिएको छ ।
जिल्लाका तीनवटै निर्वाचनका क्षेत्रका एक सय ५१ मतदान स्थलका निर्वाचन सामाग्री पठाउने र सम्वन्धीत मतदान अधिकृत निर्वाचन सामाग्री बुझाउने काम जारी रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।