कांग्रेस मानसिक रुपमा पराजित भइसक्यो -माधव नेपाल



सैघाली खबर,
काठमाडौ १७ मंसिर, । नेकपा एमालेका नेता माधव कुमार नेपालले निर्वाचनबाट कांग्रेस मानसिक रुपमा पराजित भइसकेको दाबी गरेका छन् ।

आइतबार बिहान काठमाडौंमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको साक्षात्कारमा नेपालले विगतमा कांग्रेस पटक(पटक सरकारमा गए पनि जनताको पक्षमा काम नगरेको आरोप लगाए । त्यसैले मतदाता वाम गठबन्धनको पक्षमा रहेको उनको दाबी छ ।

उनले वाम गठबन्धनबाट नआत्तिन कांग्रेसलाई सुझाव दिए । वाम गठबन्धनबाट कांग्रेसको नेतृत्वमा अरु पार्टीहरु पनि ध्रुविकृत भइरहेकाले कांग्रेसलाई पनि फाइदा पुगेको नेपालले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्