मुलुकलाई समृद्ध बनाउन भ्रष्टाचार अन्त्य हुनपर्छ-अपार



दिपक बोहरा, तुलसीपुर १७ मंसिर ।
माओवादी केन्द्रका स्थायी कमिटि सदस्य जग प्रसाद शर्मा‘अपार’ले भ्रष्टाचारको अन्त्य नहुँदा सम्म मुलुकलाई समृद्ध र बिकासित गर्न नसकिने बताए । तुलसीपुर ५ मा भएको चुनाबी सभालाई सम्बोधन गर्दै अपारले भ्रष्टाचार, अनियमिताले गर्दा नै सोचे मुलुक पछाडि धकेलिएको बताए ।

बामगठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ क उम्मेदवार समेत रहेका अपारले मुलुकलाई समृद्ध बनाउन मुलुकको ब्याप्त भ्रष्टाचार, अनियमितताको अन्त्य हुनुपर्ने बताए । बिकास निर्माणका काममा भ्रष्टाचार र घुसखेरी हुँदा ती काम अधुरै रहने गरेको उनको भनाई छ । ‘

भ्रष्टाचार र घुसखेरीे गर्दा ती काम अधुरै रहने गर्छन’ उनले भने ‘ जसले गर्दा सोझा साझा जनताहरु मारमा पर्ने गरेका छन् ।’ यस्तो प्रबृति अन्त्य नहुँदा सम्म बिकास र समृद्ध हुन नसक्ने उनको भनाई छ । तुलसीपुर १२ निबासी अपारले अब पनि पुरानो शैलीबाट यस क्षेत्रको समृद्धि हुन नसक्ने बताए ।

अब मतदाताले नयाँ बिकल्प खोज्नु पर्ने उनको भनाई छ । मतदाताले पटक पटक जिताएका प्रतिनिधिबाट सोँचे अनुसारको काम हुन नसकेको भन्दै अब यहाँको बिकासको जिम्मा बामपन्थीलाई दिनुपर्ने बताए । आफुले ५ बर्षमा समृद्ध बनाएर देखाउने समेत प्रतिबद्धता जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्