टिकापुरमा सिलिन्डर बम बिस्फोट



सैघाली खबर,
धनगढी, १७ मंसिर । कैलाली जिल्लाको टीकापुर नगरपालिका क्षेत्रमा अज्ञात समुहले सिलिन्डर बम बिस्फोट गराएको छ ।टीकापुरको शसस्त्र प्रहरी गण नजिक सिलिन्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।

घटनामा मानबिय क्षति नभए पनि स्थानिय त्रसित भएकाछन । बम कसले विस्फोट गराएको भन्ने ऐकिन हुन सकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

शान्तिपूर्ण ढंगले चुनावी गतिविधी अघि बढिरहेको कैलालीमा बम विस्फोटले मतदाता असुरक्षित महसुस गरिरहेका छ्न ।प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीमा रहेकै दिन बिस्फोट भएको हो । बिस्फोटको जिम्मा कसैले लिएको छैन ।

निर्वाचन बिरोधी गतिविधि गरेको भन्दै कैलालीमा प्रहरिले विभिन्न स्थानबाट नेकपाका कैलाली जिल्ला इन्चाज महान सहित १२ जना नेता कार्यकर्ता तथा समर्थकलाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा चुनावीसभालाई सम्बोधन गर्न जाने बाटोमा बम भेटिएको हो । प्रधानमन्त्री धनगढीबाट चौराहा चटकपुर हुँदै बोराडाँडी व्यारेक गएर हेलिकोप्टरमार्फत टीकापुर थाल्दा बम भेटिएको हो । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्