सैघाली खबर,
काठमाणडौ १७ मंसिर।
निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले भारतमा पक्राउ गरेको छ । गौचनको असोज २३ गते शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ ।
पक्राउमा परेका बस्नेतलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।