सैघाली खबर
घोराही, १७ मंसिर । नेपाली काँग्रेसले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा घर दैलो अभियान सम्पन्न गरेको छ ।नेपाली काग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान भन्ने नाराका साथ नारायणपुरको पार्टी कार्यालयवाट सुरुभएको बृह्त ¥याली खैराचोक हुदै पुनह् पार्टी कार्यालयमा फर्केर सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्ने बक्ताहरुले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुलाई निर्वाचनमा भोट दिन आग्रह गरेका थिए । माओवादी र एमालेका कारण कारण देश एकदलिय कम्युनिष्ट शासनमा फस्ने खतरा रहेको भन्दै बक्ताहरुले देशलाई माओवादी र एमालेको बाट बचाउन काँग्रेसलाई जिताउन मतदातासँग आग्रह गरेका थिए । घरदैलोका क्रममा नेपाली काग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार राजु खनालले दाङको विकास र जनताको समृद्धिका लागि नेपाली काँग्रेसले जित्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । दाङको विकासका लागि नेपाली काग्रेसले ठुलो योगदान गरेको भन्दै उहाँले आफुले समेत संसद हुदा दाङको विकास र जनताको समृद्धिका लागि बजेट बिनियोजन गरेको उल्लेख गनुभयो ।
देश काँग्रेसले जित्छ पुन
आगामी मंसिर २२ देखि देश काँग्रेसले जित्ने राज्यमन्त्री अमरसिंह पुनले बताएका छन् । दोश्रो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनलाई लक्षित गरेर नेवार समुदायले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिचाई राज्यमन्त्री पुनले नेपाली काग्रेसकै पहलमा दाङमा विकास भएको भन्दै प्रादेशिक राजधानी सहितको जनताको समृद्धिका लागि पनि काँग्रेसले जित्नु पर्ने बताए । ‘२०७० को निर्वाचनमा जनताहरुले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताएकै कारण दाङका लमही–तुलसीपुर सडक खण्डका खोलाहरुसँगै जिल्लाभर नै अहिले पुलसँगै शहरी क्षेत्रमा सडक विस्तारको काम भैरहेको छ’– मन्त्री पुनले भने । पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउनेदेखि जिल्लाको आर्थिक, सामाजिक,साँस्कृतिक विकास काँग्रेसवाट मात्र सम्भव रहेको वताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।