सैघाली खबर
काठमाडौं,१८मंसिर
भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ ।
आइतबार साँझ करिब ८ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बमलाई निष्क्रिय गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।