शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ



सैघाली खबर
काठमाडौं,१८मंसिर

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ । देशका विभिन्न भागमा निर्वाचनलाई विरोध गर्दै विस्फोटका घटना भइरहँदा उहाँले सुरक्षा व्यवस्था सुदृढ रहेको बताउनुभएको हो ।

‘निर्वाचन आयोग सरकारले तयार पारेको सुरक्षा योजनाप्रति पूर्ण विश्वस्त छ,’आइतबार पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘सरकारले राम्रो सुरक्षा व्यवस्था मिलाएको छ ।’

उहाँले धेरै अप्ठ्याराकाबीच पहिलो चरणको निर्वाचन शान्तिपूर्ण भएको उल्लेख गर्दै दोस्रो चरणका लागि पनि ढुक्क रहन आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त यादवले आममतदाता र राजनीतिक दलहरुको सहयोगले पहिलो चरणको निर्वाचन उत्साजहजनक र शान्तिपूर्ण भएको भन्दै दोस्रो चरणमा पनि त्यस्तै अपेक्षा रहेको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्