सैघाली खबर,
डडेल्धुरा १८ मंसिर,। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बचाउन वाम गठवन्धनलाई निर्वाचनका माध्यमबाट परास्त गर्न जरुरी रहेको बताएका छन् । अहिलेको वाम गठबन्धनलाई जनताले जिताए लोकतन्त्र खतरामा पर्ने दावी उनले गरे ।
‘नेपाली जनताले पटकपटक प्रजातन्त्रका लागि लडेको छ,’ सोमबार बिहान डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै देउवाले भने, ‘त्यसैले अहिले सचेत भइ जनताले वाम गठबन्धनलाई परास्त गर्नु जरुरी छ ।’
प्रधानमन्त्री देउवाले एमाले(माओवादी मिलेर बनेको वाम गठबन्धनले मुलुकमा प्रत्यक्ष राष्ट्रपति प्रणाली ल्याउन खोज्नु पनि मुलुकको प्रजातन्त्रलाई खतरामा पार्नु भएको टिप्पणी गरे ।
उनले प्रत्यक्ष राष्ट्रपति शासन प्रणालीको कुरा गर्नु भनेको अहिले संविधानलाई समेत स्वीकार गर्न नसकेको बताएका छन् । उनले आफ्नो चुनावी क्षेत्र तथा गृहजिल्ला डडेल्धुराको विकास आफूले के कति गर्न सके त्यो जनता सामु छर्लंग भएको समेत बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।