सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्युले दुःखी बनायो : प्रधानमन्त्री ओली



काठमाडौं। नेपालमा पहिलो पटक कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएकी महिलाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समवेदना प्रकट गरेका छन् ।

कोरोनाका कारण नेपालमा पहिलो पटक २९ वर्षीया महिलाको मृत्यु भएको भोलिपल्ट आईतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले महिलाको मृत्युको खरबले आफुलाई दुःखी बनाएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले आफूलाईअत्यन्त दुःखी तुल्याएको भन्दै उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु भनेका हुन् ।

यस महामारीबाटअरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने पनि उनले उल्लेख गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्