सैघाली खबर,
काठमाडौं, १८ – मंसिर ।काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित सातजना घाइते भएका छन् ।
चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।
थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।