निर्वाचन सामग्रि सहित कर्मचारी मतदान केन्द्र तिर प्रस्थान



सैघाली खबर,
दाङ १८ मसिंर।
दाङका ३ सय ९४ मतदान अधिकृत निर्वाचन सामग्रि सहित आज मतदान केन्द्रमा लागेका छन। मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि आवस्यक उक्त सामग्रि हिजो नै बुझाईएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि आवस्यक मतपत्र सहित ६४ प्रकारका सामग्रि बुझाइएको निर्वाचन अधिकारी विजय कुमार कार्किले जानकारी दिनु भएको छ।

कर्मचारीहरुले १९ र २० गते मतदाता परीचयपत्र बाड्ने छन । थपिएका नँया मतदाता र गएको स्थानिय तहमा नलिएका मतदाताहरुको परीचय पत्र सम्वन्धीत मतदान केन्द्रबाट बाडिने निर्बाचन कार्यलयले जनाएको छ । जिल्लामा १ सय ५१ मतदान स्थल तथा ३ सय ९४ मतदान केन्द्र तोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्