कोरोना भाइरसले खाडी मुलुकमा नेपाली चिन्तित, ६९३ को मृत्यु, १ लाख ३७ हजार बढी संक्रमित



काठमाडौं । लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६९३ जनाको मृत्यु भएको छ भने १ लाख ३७ हजार ७०६ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३१२ जनाको मृत्यु भएको छ । त्यहाँ ५४ हजार ७५२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २२० जनाको मृत्यु भएको छ भने २३ हजार ३५८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ११२ जनाको मृत्यु भएको छ भने १४ हजार ८५० जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा २२ जनाको मृत्यु भएको छ भने ५ हजार १८६ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३२ हजार ६०४ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ९५६ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्