स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जादैं



काठमाडौं । नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ ।चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज चीन जान लागेको हो ।

चीनबाट स्वास्थ्य समग्री लोड गरेर भोली बिहान जहाज नेपाल फर्किनेछ । वाइडबडी जहाजमार्फत १८ टन मेडिकल सामग्री ल्याइने र त्यसको सबै प्रक्रिया पूरा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसअघि सेनाले ग्वान्जाओबाट १० वटा कन्टेनर मार्फत ९ टन स्वास्थ्य समग्री काठमाडौं ल्याइसकेको छ । ग्वान्जाओबाट १३ दिन लगाएर सेनाले शनिबारमात्रै स्वास्थ्य समाग्री काठमाडौं ल्याएको थियो ।

यसअघि २३ वैशाखमा चार्टर्ड जहाज पठाउने तयारी गरेको सेनाले स्वास्थ्य समग्रीको भन्सार प्रक्रिया ढिला हुँदा चार्टर्ड जहाज पठाउन सकेको थिएन ।

सेनाले खरिद गरेको मेडिकल सामाग्री ल्याउन ठेक्का फ्ल्यास फ्रेट लजिस्टिकले पाएको छ ।सेनाले चिनियाँ कम्पनी सिनोफार्म इन्टरनेसनलसँग २ अर्ब २५ करोड रुपैयाँको स्वास्थ्य समाग्री खरिद गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्