नेपालका दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता



काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको उपविजेता बनेका छन् । आज बिहान भएको फाइनल राउण्डमा भोटिङका आधारमा नेपाली गायक पोखरेल उपविजेता घोषित भएका हुन् ।

दिवेशलाई पन्छाउँदै जस्ट साम १८ औं संस्करणको अमेरिकन आइडल बनिन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

दुई नेपाली एल्बम निकालेका दिवेश सन् २०१४ मा अमेरिका पुगेका थिए । ‘आर्थन गन’ उनको स्टेज नेम थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्