मोरिंगा एक,फाइदा अनेक




गगन राज गजुरेल
नेपाल कृषिप्रधान देश हो। नेपालमा धेरै किसिमका बनस्पति ,फलफुल,तथा तरकारीको खेती गरिन्छ। नेपालका ६६% जनसंख्या प्रत्येक्ष रुपमा कृषी मा आवद्ध छन। ६६% कृषिक मध्य कसैले अलैची खेत,च्याउ खेती,धान खेती,तरकारी खेती गरेको प्रस्शत मात्रामा देखिन्छ ।तर हामी सङ यस्तो बनस्पति छ जस्ले हाम्रो देशको कृषि प्रणालि मात्रै नभैकन देशको आर्थिक क्षेत्र लाई नै बलियो बनाउ छ ।त्यो बनस्पति को नाम हो मोरिंगा ।

यो बनस्पतिको थुप्रै नामहरु छन। जस्तैःयस बनस्पतिलाई अङ्ग्रेजी मा मोरिंगा भनिन्छ भने यसकोआयुर्वेद नाम भने शितलचिनी हो तर हाम्रो देशको तराईमा सजिबन भनिन्छ र कुनै कुनै ठाँउमा यो अगस्तीको नाम ले पनि यो प्रख्यात छ । यस बनस्पतिलाई Miracle Tree र Mother best friend पनि भनिन्छ ।प्रत्येक दिन बिहान मोरिंगाको पातबाट खसेको पानीबाट स्नान गर्दा वा पिउदा सातौ जुनि को पाप नास हुने धार्मिक बिश्बास पनि रहेको मानिन्छ।

शारिरिक र मानसिक बिकासको लागि भरिपुर्ण Protein,Carbohydrates,र Minerals भयको यस बनस्पतिको पात बाट बनेको धुलो प्रती के.जि ३५०० रुपैयाँमा बिक्रि हुँदै आयको छ । तर बेलायत र अमेरिका तिर यसको उत्पादन कम हुने भएकाले २०० ग्राम धुलोको $१६डलर मा बिक्री हुने गर्दछ ।

यो बनस्पति समुन्द्री सतहबाट ८०० मिटरको उचाइमा फल्ने गर्दछ । यस बनस्पतिमा तरकारी समेत फल्ने गर्दछ जस्लाइ Dumstick भनिन्छ ।सो तरकारी नब बर्षको दिन माडवारि हरुले खाने प्रचलन पनि छ । सोही बोटको पातको हामिले चिया पनि पकाएर खान सक्छौं भने पातबाट बनाएको धुलोबाट जुस पनि बनाएर खान सक्छौ।।यसको पातबाट हामिले Carbohydrates,Ditery fiber,protein ,Vitamin A,B,C:Iron,Potassium,Sodium,Zinc,Water एकै साथ पाउन सक्छौ ।

सय ग्राम मोरिंगाको पातमा गाजरको तुलानामा १० गुणा भिटामिन ए, एउटा सुन्तलाको तुलनामा १२ गुणा भिटामिन सि, एक गिलास दुधको तुलनामा १७ गुणा क्यालिसयम, पालुंगोमा भन्दा २५ गुणा आइरन, र दहिमा भन्दा नौ गुणा प्रोटिन पाइन्छ ।

यो बनस्पति नेपाल, भारत , भुटान , बाङ्लादेश, र अफरिकन मुलुकहरुमा पाइन्छ ।। यो बनस्पति गर्मी ठाँउमा फल्ने गर्दछ।।यो बनस्पतिलाई बहुउपयोगी पनि मानिन्छ । यो बनस्पति बिशेष त मधुमेह, मिर्गौलामा भयको पथरी, महिलाहरुमा हुने बाजोपन, र प्रेसर रोगको लागि यो प्रयोग गरिन्छ । यस बनस्पतिले मानव शरिरमा हर्मोन बिकास , यौन शक्ति, थाईराइड नियन्त्रणको लागि पनि प्रयोग गरिन्छ ।यसले पुरुसहरु को Sperm Cell को बिकासमा पनि मद्दत गरेको पाइन्छ ।। हाम्रो शरिरको रगतमा चाहिने सबै खालका भिटामिन हरु यस बनस्पतिमा पाइन्छ ।

यो बनस्पति लगाएको ६ देखि ८ महिना भित्र फल्ने गर्दछ। यस बनस्पति बाट बनेको तेलले पोलेको घाउहरु निकै छोटो समयमा निको पार्दछ ।यसको बिउको पिना पानी शुद्धीकरणमा प्रयोग गरिन्छ ।यसको Dumstick को सुप निकै फाइदाजनक छ ।।Dumstick को सुपको फाइदाहरु :
# यसको सुपको सेबनले यौन स्वास्थे सन्तुलनमा राख्न सकिन्छ । यसले महिला र पुरुसको यौन स्वास्थेमा समान खालको प्रभाब छोडछ।
# पाचन प्रणालिलाई पनि चुस्त राख्दछ ।
#दमका बिरामी र घाँटी तथा छातिका रोगी हरुलाइ यसको सुप उपयोगि हुन्छ।

यो बनस्पति हामिले चिन्न नसकेर ठुलो घाटा बेहोर्नु परेको छ । सिचाइ गर्न नसकिने,बाझो जमिनहरुमा हामिले यसको खेती गर्न सक्छौ। यस बनस्पतिलाइ संस्कृतमा १८ नामले चिनिन्छ ।बनस्पतिको पन्च तत्बनै काम लाग्ने भयको ले गर्दा यसलाई बहुउपयोगी बनस्पति मानिन्छ।। बिश्व बजारमा यसको माग बढदो भयको कारणले यसको उत्पादनमा हामिले जोड दियौ भने हामिलाइ निकै फाइदा हुन्छ। विशेष त यो मोरिंगा Colon Cancer को लागि पनि उपयोग गरिन्छ।

सजिवन बहुभिटामिनयुक्त वनस्पति हो । सदावहार हरियो हुने यो वनस्पतिलाई ‘गरीबको साथी’ पनि भन्ने गरिन्छ । एकदमै छिटो बढ्ने र ६ देखि ८ महिनामै उत्पादन दिने यो वृक्ष थोरै मिहेनतमा नै हुर्किन्छ । विपन्नताले गर्दा प्रर्याप्त पौष्टिक आहारको अभावमा कुपोषणको समस्या झेल्नुपर्ने हाम्रोजस्तो समाजमा सजिवन निकै प्रभावकारी र लाभदायक हुनसक्छ ।

हरेक किसान ले मोरिंगा खेतीमा जोड दिने हो भने कृषि क्षेत्र को बिकास निकै सहज छ । कृषक ले मात्र नभैकन बेरोजगार युबहरुले यस् बनस्पति को खेती गर्ने हो भने बेरोजगारको संख्या घटने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्