अब दाङ र दङगाली जनताको सेवा गरी मर्ने ईच्छा छ ः महरा



 

दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार कृष्ण वहादुर महरा 

स्वागत छ ?
धन्यावद
चुनावी माहोल निकै उत्सर्गमा पुगेको छ । तपाईको क्षेत्रको चुनावी माहोल कस्तो छ ?
२१ गते हुने निर्वाचन चरम उत्सर्गमा पुगेको छ । जसका लागि आज सोमवार रातको १२ वजे देखी मौन अवधि सुरु हुदैछ । मैले मेरो क्षेत्रका करिव एक सय वढि चुनावी सभालाई सम्वोधन गरे । त्यहाँ जनताको बाक्लो उपस्थिती पाए । जनताको उत्साहले मलाई सोचे अनुरुप नै उत्साह बनायो । चुनावी सभा मात्रै होईन मैले कतिपय समुदाय र वस्ती र टोलमा जनता प्रत्यक्ष भेटे पनि गरेको छु । जसका कारण जनताहरु निकै उत्साहित छन । मैले जनता माझ आफ्ना कुरा राखेको जनताका कुरा सुनेको छु ।
समग्रमा दाङकै अवस्था कस्तो पाउनुभयो ?

दङगाली जनतामा निर्वाचनको उत्साह निकै वढेको छ । जिल्लाभर नै घरदैलो अभियान , चुनावी सभा र कार्यकर्ता भेटघाट चलिरहेकाले समग्रमा दाङ जिल्ला पनि निर्वाचनमय भएको छ । जनताको उत्साहले हामीलाई पनि उत्साहित बनाएको छ । दङगालीले जनताले म वाट पनि केही अपेक्षा गरेकाले जनताको उत्साहले मलाई तिव्रईच्छा शक्ति पैदा गरेको छ । अर्काे कुरा निर्वाचनको दृष्ट्रीले हेर्ने हो भने जिल्लामा पनि शान्तीपुर्ण निर्वाचन हुने अवस्था देखिएको छ । अस्ती मात्रै तुलसीपुरमा भएको दुखद घटनाले हामीलाई केही अकलपनिय घटनाका रुपमा लिएको छु । स्थानिय निर्वाचन भन्दा अहिलेको निर्वाचन मुलुकको समृद्धि र विकास केन्द्रितमा रहेको जनताले बुझेका छन । अन्ततः मतदाताहरु उत्साहित छन । जिल्लाको निर्वाचन सुरक्षाको व्यवस्था पनि चुस्तता छ ।

विगतको भन्दा अहिले निर्वाचन के फरक छ ?
विगतका निर्वाचनहरु राजनितिक‘ डिभेट ’ जनताको अधिकार स्थापित गर्ने सवालमा केन्द्रित थिए । जसवेला फरक माहोल थियो । उतिवेला जनताहरु अधिकार चाहेका थिए । अहिले जनता अधिकार सम्पन्न भई सके, अहिले ति सवाल करिव सकिकेको छन । अहिलेको माहोल पनि फेरिएको छ । अब जनताले समृद्धि र विकास चाहेका छन ।

अहिलेको निर्वाचन समृद्धि र विकासमा केन्द्रित छ । विगतका निर्वाचन भन्दा अहिलेको निर्वाचन केही फरक छ नै । ०४८ अघिको फरक थियो । ०६४ पनि फरक नै रहयो ०६७ त्यस्तै थियो । यो सालको निर्वाचन अहिलेको निर्वाचन फरक छ । नयाँ संविधान अघिका निर्वाचन थिए ति । त्यतिवेलाका निर्वाचन शान्ती प्रक्रियालाई निश्कर्षमा पु¥याउने र नयाँ संविधान निर्माण गर्ने माहोल थियो । अब राजनितिक ‘डिभेट’ सकिसकेको छ । अहिलेका निर्वाचन मुलुक स्थीरता र समृद्धि निर्माणको मोहोल बनेको छ । अर्काे कुरा पहिला चुनाव प्रचारशैली पनि फरक थियो । अहिले त्यो पनि फेरिएको छ । प्रचारका नाममा उर्छिङकल, तडकभडक देखिन्थ्यो । तर त्यो अहिले छैन ।

चुनाव प्रचारमा प्रत्येक गाउँ–गाउँ, घरघरमा पुग्नुभयो खासमा जनताका समस्या के–कस्ता रहेछन गर्नुपर्ने बाँकी के रहेछन ?
दाङ र दङगालीका समस्या थुप्रै छन । शुद्धखानेपानी पुग्न सकेको छैन , कतै बाटो घाटो नै छैन । खेतीयोग्य जमिनहरु उत्पादकत्व घट्दै गईरहेको छ । सिचाई अभाव वढ्दै पनि छ । तमाम गाउँले समस्याहरु जिवितै छन । ठुलो योजनाहरु अलपत्र छन ।

त्यो जनताले भोगिरहेका छन । देखेका पनि छन । मसिनो गरी केलाउने हो भने गाउँलेहरुले स्थानिय समस्या लाई वढि उठाउछन । मैले समग्र दाङकै अझ राजधानी केन्द्रित समस्या संकलन गरी दाङ राजधानी बनाउन सक्ने विकास गर्ने तय गरेको छु । दाङको आर्थिक , शैक्षिक , भौतिक, राजनितिक विकासका लागि मैले काम गर्ने छु । त्यही नै जनताको समस्या हुन मैले सुनेको र जनताले सुनाएका समस्या पनि यही हो । जुन हामीले प्रतिवद्धतामा उल्लेख गरेको समस्या र जनताका समस्या उस्ताउस्तै देखिन्छन ।

तपाई ,०६४ सालमा दाङ झर्नु , ७० रोल्पा चढ्नु भयो , फेरी अहिले दाङ झर्नुभएको छ । भोली फेरी तपाई अन्त पो जाने हुनुहुन्छ की भनेर मतदाताहरुले सोध्ने गरेका छन नि ?
मैले धेरै ठाउँमा राखिनै सके म अब दाङकै सेवामा समर्पित हुने छु । म रोल्पामा जन्मीए , अब दाङकै सेवा र विकास गरी मर्ने दृढइच्छा छ । म त्यसको निमित्त विशेष अपिल पनि गर्न चाहान्छु । केही संक्रिण सोचाई गरेको व्यक्तिहरुले उताको यताको कुरा उठाएका छन । त्यो जनताले उठाएको छैनन । अब मेरो वाँकी समय म समर्पित भई विकास गर्ने र दाङमै दङगाली जनताको सेवा गरी मर्ने ईच्छा छ । दङगाली जनताले अझै भन्ने हो भने मेरै प्रतिस्पर्धीका नेताहरुले दङगाली लाई तपाईको खाँचो छ भने पछि मैले स्वीकार गरेको हु । अब म दाङमा आईसके उताको र यताको भन्नुमा केही तुक छैन । दाङ र दङगालीले मलाई खोजेको छ । ‘ अब जन्मीएको रोल्पा हो, अब म दाङ विकास गरेर दङगाली जनताको सेवा गरी मर्ने ईच्छा छ । ’

अनि विचमा आफ्नो पार्टी र गठवन्धन भन्दा वाहिर रहेकाहरुको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
धेरै राम्रो पाएको छु । मलाई पार्टी र हाम्रो गठवन्धनले मात्रै होईन प्रतिस्पर्धी दलका नेता कार्यकर्ताहरु मेरो पक्षमा छन । हामी भन्दा वाहिर रहेकाहरु परिवर्तन लाई रुचाउने, दाङको समृद्ध चाहाने र दाङको विकासका लागि केन्द्रिय हस्तक्षेपकारी भुमिका निर्वाह गर्न सक्ने भुमिका मलाई दङगाली जनता लिएका छन । वाहिर भित्र रहेका सवैको सहयोगले मैले यो निर्वाचन सजिलै जित्छु पनि ।

जित्ने आधार के– के हुन ?
जित्ने आधारहरु पनि थुप्रै छन । म ०६४ साल निर्वाचन दाङवाटै लडेको हुँ । म दङगाली जनताको सेवा र विकासका लागि निरन्तर लागेको छु । जनताको विश्वासमा रहीराख्ने नेता हुँ , अर्काे आधार हामी गठवन्धन माफर्त निर्वाचनमा होमिएको छु । भने हामीले दाङ राजधानी हो भन्ने एजेण्डा उठाएको छौ । म राजधानी निर्माणको लिडर हुँ । यिनै आधारमा मेरो जित सुनिश्चित गरेको छ । जसका कारण मैले चुनावी जित्छु भन्ने आत्मविश्वास वढेको छ । अझै यति मात्रै होईन म लामो समय देखी राजनितिक यात्रामा होमिदै मुलुक नेतृत्व सम्माहल्ने जिम्मेवारी बोकेछु । अब फेरी मैले मुलुक निर्माण र नेतृत्वको जिम्मेवारी दाङ वाटै बोकेर जाने छु ।

मैले राप्ती उपक्षेत्रिय अस्पतालको विकासका लागि धेरै काम गरे । राप्ती उपक्षेत्रिय अस्पतालको स्तरोन्नती गरी स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरे । दाङका सडकको करिव दश अर्व वजेट पनि विनियोजन गरे । त्यो जनताले बुझेका छन ।

चुनाव जित्नुभयो के–के गर्ने सोचमा हुन्छ नि ?
मैले प्रतिवद्धतामा उल्लेख गरेका मेरा ठोस योजनाहरु हुन । निर्वाचन पश्चात्त नै दाङका पाँच वर्षभित्र गर्न सकिने अल्पकालिन र दिर्घकालिन योजना निर्माण गरी विश्लेषण गर्ने छौ । केन्द्र , प्रदेश र स्थानिय तह वाट गरिने योजनाहरु लाई तिव्रताका साथ विकास गरीने छ । दाङका सडक, शिक्षा, स्वास्थ्य, रोजगार , आर्थिक विकास र अन्य समस्याहरु पुनः जनतामा माझ पुगेर समस्या संकलन गरी ति समस्या समाधानका लागि ठोस निति कार्यन्वयन प्रक्रिया थालनी गर्ने छौ ।

अहिले मतदाताहरु माझ दिनैपिच्छे पुगिरहनु भएको छ । दाङको मोटो–मोटो समस्या के पाउनुभयो ?
मैले यो विषयमा तीन वटा मात्रै कुरा राख्न चाहे । दाङ लाई प्रदेश नंं ५ को राजधानी निर्माण गर्ने दाङको आर्थिक विकासका लागि यहाँ कृर्षि क्षेत्रको आधुनिकरण र सिचाई सुविधाको व्यवस्था निर्माण अति जरुरी छ ।

मैले अघि पनि कुरा राखिनै सके, दाङ सिचाई असुविधाको मारमा छ । जसका कारण जनताहरु अझै खासमा किसानहरु त्यसको प्रत्यक्ष मारमा छन । खानेपानीको हाँहाँकार वढ्दै छ । खानेपानी व्यवस्थापनका विशेष योजना निर्माण गर्ने छु । अर्काे कुरा आर्थिक विकासको सम्भावना वोकेका पर्यटकिय क्षेत्रको विकास र संरक्षण गर्न अति आवश्यक छ । दाङलाई पश्चिम नेपालको पर्यटकिय प्रवेशद्वारका रुपमा विकास गरी लुम्वनी –दाङ – प्रदेश नं. ६ र ७ संग जोड्न सके दाङको समृद्धि सम्भव छ ।

अन्त्यमा एउटा राजनितिक प्रसंग राख्न चाहे ,पुरानो समिकरण तोडेर नयाँ राजनितिक समिकरणमा जानु भयो । नयाँ राजनितिक समिकरणले यही संविधानको मातहतमा रहेर के नयाँ काम गर्लान र भनेर ? अबको नयाँ राजनितिक कोष कर्ता तिर जान्छ ? संविधान संसोधन सम्भव छ ?

पहिलो कुरा हाम्रो साझा घोषणा पत्रकै हामी प्रष्ट्र पारेको छौ की विगतको संघर्षवाट प्राप्ती गरेका उपलव्धी गरेको रक्षा र त्यसको कार्यन्वयन नै हाम्रो मुख्य कर्तव्य हो । हामीले नेपाली जनताको बलिदानले निर्माण गरेको संविधान रक्ष ागर्न चाहान्छौ । यसको रक्षा अर्काे शक्तिले गर्छन जस्तो हामी लाई लाग्दैन । संविधानको मर्म र सिद्धान्त लाई पकडन सकेमा मात्रै नेपाली जनताको जीवन स्तरलाई माथि उठाउन सक्छौ । तर कतिपय पक्षमा जनताको अधिकार छुटेका पनि छन । त्यसमा पुर्नविचार गरी जनताका भावना समेट्ने छौ । संविधानले प्रष्ट व्याख्या गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास हामीले त्यही पक्षमा देखिएका छौ । हाम्रा अबको राजनितिक कार्यदिशा बनेको संविधान कार्यन्वयन र मुलुक समृद्धिको बाटो हो ।

प्रस्तुती गिरिराज नेपाली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्