जन्मदिनको अबसरमा दृष्टिबिहिन परिवारलाई जानकी सुनारको आर्थिक सहयोग



 

थाहा अनलाईन ,काठमाडौ सिन्धुपाल्चोक , ठुलोपाखा ,लिसुङ्ग गाउपालिका वडा न ७ का निरबहादुर सुनार बिगत अढाइ बर्ष देखि दुबै आँखाले देख्न सक्दैनन् । पहिला वोल्डिङको काम गर्ने सुनारको सामान्य आँखा हल्का चिलाएको तीन चार दिनमै दुबै आखाले देख्न छोडेको बताउँछन् । काठमाडौको तिलगंगा देखि आँखाका धेरै अस्पतालमा देखाउदा पनि उनको आखाको उपचार हुन सकेन अन्तत आखाको नशा नै सुकेको र कहिले पनि आँखा देख्न सक्दैनन् भनी डक्टर भने पछि उनको जीवनमा ३० बर्षमै बाहिरी संन्सार बन्द भयो ।

उनि मात्र होईन उनका साना दुई छोरी र श्रीमतीको जिबनमा पनि ठुलो बज्रपात पर्न गयो । काभ्रेको धुलिखेलमा सानो कोठा भाडामा लिएर दुई छोरी पढाउदै दृष्टि बिहिन श्रीमानको स्याहारसुसार र पारिवारिक जिम्मेवारी आफ्नै काधमा बोकेकी सबिता रसाइलीले जिम्मेवारी बहन गर्न कहिले ज्याला मजदुरी , कहिले एयरपोर्ट नजिक पानी , चुरोट बेच्नी बाहेक अरु बिकल्प हुन सकेको छैन । एकातिर आफ्नो दृस्टी बिहिन श्रीमानलाई मासिक २८०० को दरले सुगर र प्रेसरको औसधि खुवाउनु पर्ने घर भाडा, बच्चाको स्कुल खर्च र परिवारको खानपिनको भार थेग्न नसक्ने अबस्थामा पुगेकी सबिता रसाइली धेरैसंग सहयोगको अपिल गरिन् तर सहयोग आउन सकेन । सरु सुनारले आफै उनिहरुको दर्दनाक पीडा बाहिर ल्याए पछि सरु आफैले आफ्नो जन्म दिनको अबसरमा सहयोग गरेकी थिइन भने , अमेरिकाबाट हर्कमान गजमेरले दाल चामल सहयोग गरेका थिए । मोडल सुपरस्टारका विद्यार्थीहरुले ८ हजार सहयोग गरेका थिए ।

 

गुजाराको लागि धुलिखेलबाट काठमाडौ अन्तरास्ट्रिय विमान स्थल अगाडी बाटोमा पानी र खादा बेच्न धाउदै गर्दा धेरै पटक नगरपालिकाको गाडीले उनको सामन उठाउदै फालिदिएको थियोे । अन्तत उनि धुलिखेलका सडक , गल्लीमा काम खोज्दै हिडिन , कहिले इट्टा बोक्ने , कहिले त घर बनाउने काम गर्दै आफू , दुई छोरी र आँखा नदेख्ने श्रीमानलाई जेनतेन बिहान , बेलुकाको गुजारा गराइएकी थिइन ।

फेरि अर्को बज्रपात कोरोनाले ल्यायो । कोरोनाले गर्दा लकडाउन लम्बिदै गए पछि उनको बच्चा र परिवारको लागि दैनिकी रोजिरोटी नै बन्द भो । न त पैसा न त काम के खाने यो परिवारको लागी निकै ठुलो भोकमरी आयो ।

यहि बेला बेलायतबाट समाजसेवी , सृजनशिल नेपाली आमा समुहकी अध्यक्ष जानकी सुनारले आफ्नो जन्म दिनको अबसर पारी रु , दशहजार यो परिवारलाई सहयोग गरेकी छिन, लकडाउनको बेला यो परिवारमा परेको भोकमरीको अबस्थामा पाएको उक्त रकम आफ्नो परिवार र बच्चाहरुलाइ बचाउन सहयोग हो भन्दै दृष्टिबिहिन निरबहादुर सुनार र श्रीमतीले भिडियोकल बाट धेरै धन्यवाद दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्