‘अधिकार पाउछौ, नेतृत्व पाउदैनौ ः महिला नेतृहरु ’



गिरिराज नेपाली
दाङ, १८ मंसिर । नेपालको संविधानले लैगिक समानता सहितको समानुपातिक सहभागीताको सुनिश्चितता गरे पनि महिलाहरु सहभागिता अबसर पाउने तर अधिकारको स्वयत्तता र नेतृत्व अबसर वाट विमुख हुने गरेको गुनासो छ । जसका कारण महिलाहरु हरेक तहको पदवहाल र अवसरमा महिलाहरुले विभेद स्वीकार गर्नुपरेको छ ।

संविधानले दिएको अधिकार एकातिर र व्यवहार अर्काे हुदा अधिकार र अबसरवाट विमुख हुुनुपरेको महिला नेतृ तथा अधिकारवादीहरुको भनाइ छ ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल जिल्ला शाखा दाङले महिला उम्मेदवार संग महिला माथि हुने सवै खाले विभेद अन्त्यका प्रयास बारे आयोजना गरेको अन्र्तक्रियामा महिलाअधिकार कर्मि तथा नेतृहरुले यस्तो भनाई राखेका थिए ।

सञ्जालकी जिल्ला अध्यक्ष शुष्मा गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आफ्ना भनाई राख्दै पुर्व सामान्य प्रशासनमन्त्री एंव प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार रेखा शर्माले महिलाहरु अधिकार सम्पन्न भए पनि अधिकारको सदुपयोग गर्ने अबसर वाट विमुख भईरहेको बताउनुभयो । जसका कारण महिलाहरुले प्रत्यक्ष रुपमा अधिकार अनुभुती गर्न नपाएको बताउनुभयो । पछाडी पारिएका वर्ग,समुदाय, क्षेत्र लाई राजनितिक पहुच र समुदायको अघिल्लो धार सम्म ल्याउनका लागि संविधानले प्रदत गरेका अधिकार लाभान्वितहरुका पक्षमा कार्यन्वयन हुन नसक्दा अधिकार सम्पन्नहरु नै अधिकार विमुख हुनुपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘महिलाहरुमा पनि क्षमता छ । तर त्यो क्षमताको कदर हुदैनन । ’ विगत भन्दा अहिले धेरै कुराहरु फेरिएका छन । महिलाहरु सक्षम र शशक्त बन्दै गईरहेका छन । तर पहुच र नेतृत्वमा पुग्न सकेका छैनौ । पुरुष पछिको विकल्पका रुपमा महिला उभिएका छौ । अहिले महिलाले माग्ने र पुरुषले दिने काम मात्रै भईरहेको छ । अब यस्तो संस्कारका अन्त्य हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । महिलाहरु पनि दलिय रुपमा दलिय संरचनामा पनि समान सहभागिता पहुचको अवसर निर्माण हुनुपर्ने उहाँले बताउनुभयो ।
संवैधानिक रुपमा महिलाहरु अधिकार सम्पन्न रहेकाले छुट्टै कानुनी निति आवश्यक रहेको उहाँले बताउनुभयो । त्यो अब बन्ने पनि विश्वस्त पार्नुभयो । जसका लागि महिलाहरु दलिय घेरा वाट माथि उठी अधिकार स्थायित्व र कार्यन्वयनका लागि एकमत आवाज उठाउनुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा एमाले नेतृ एंव प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सुजिता शाक्यले मुलुक स्वतन्त्रता राजनितिक प्रतिस्पर्धा खाँचो रहेको औल्याउदै भन्नुभयो – ‘ महिलाहरुमा राजनितिक कमाण्डरको क्षमता छ । ’ जो विगत देखी वर्तमान सम्मका विभिन्न खाले आन्दोलनका ईतिहासले सावित गरेका छन । तर त्यो सत्यतालाई सवैले ग्रहण गरे महिलाहरु अबसर र नेतृत्व वाट विमुख गराउने प्रचलन जिवितै छ । जसका कारण महिलाहरु प्रत्यक्ष सहभागिता नभई आरक्षित सहभागिता जानुपर्ने वाध्यता छ । उहाँले अब महिलाहरुको कानुन र अबसरहरु महिलाले नै निर्माण गरिनुपर्ने जोड दिनुभयो । भने नेपाली काँग्रेसकी नेतृ एंव प्रदेशसभाकी समानुपातिक उम्मेदवार सावित्रा राणाले महिलाहरु अबसर र अधिकार पाट फेरिए पनि कार्यन्वयनको पाटो उही हिजैकै विभेदकारी नै रहेको टिप्पणी गर्नुभयो । जब सम्ममा महिलाहरु एकमत र अधिकार सही कार्यन्वयन कानुन निर्माण गर्न सक्दैनौ तब सम्ममा हामी महिलाहरु समानता र अधिकारको अनुभुती गर्न नपाउने बताउनुभयो ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल केन्द्रिय सचिव लक्ष्मी आचार्यको विषय प्रवेश वाट सुरु भएको कार्यक्रममा महिला अधिकारकर्मि साजिता सिद्दिकी लगाएतका जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा सहजीकरण जिल्ला सह–सचिव अनिता पोख्रेलले गर्नुभएको थियो । जिल्ला वाट प्रतिनिधि र प्रदेशसभाका समानुपातिक तर्फमा महिला उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्