रमादानको अवसरमा कतारको जेलमा रहेका ८ नेपालीलाई माफी




मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा खाडी मुलुकहरूमा सानातिना अपराधका कारण जेल सजाय पाएका अपराधीलाई क्षमादान गर्ने गरिन्छ।

सोही अनुरूप यस वर्ष पनि रमादानको अवसर परेर कतारको जेलमा विभिन्न अभियोगमा सजाय पाई बन्दी जीवन व्यतीत गरिरहेकालाई माफी दिइएको छ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका बन्दीलाई माफी दिनुभएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ।

माफी पाउने मध्येमा ८ जना नेपाली पनि रहेका छन्।

दूतावासका अनुसार क्षमादान पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भोगिरहेका नेपाली छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्