नयाँ संघिय संसदको बैठक बानेश्वरमा, प्रदेशसभाबारे अन्यौल



सैघाली खबर
काठमाडौं,१९ मंसिर

नयाँ संघिय संसदको बैठक व्यवस्थापिका संसदको बैठक बसेको यस अघिकै भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । यसअघि २०६४ र २०७० को संविधानसभा बैठक बसिसकेको भवन नयाँ बानेश्वरमा नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बसाउने गरि संसद सचिवालयले तयारी गरिरहेको हो ।

यसअघि व्यवस्थापिका संसद बैठक बसेको हलमा प्रतिनिधिसभा बैठक र ल्होत्से हलमा राष्ट्रिय सभा बैठक बस्ने गरि तयारी भईरहेको संसद सचिवालयका प्रवक्ता डाक्टर भरत गौतमले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने समयसम्म बैठक बस्नको लागि सम्पूर्ण तयारी भईसक्ने पनि सचिवालयले जनाएको छ । यसैबीच, प्रदेशसभाको बैठक बस्ने हलको व्यवस्था भने सरकारले प्रदेश राजधानी तोकेपछि मात्रै गर्ने जनाएको छ । सीआएनसंग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनाब सम्पन्न भएपछि २२ गते बस्ने मन्त्रीपरिषद् बैठकले यसबारे निर्णय गर्ने जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्