सामाजिक कार्यकर्ताहरुको आन्दोलन प्रती निष्ठा हुनुको अर्थ र महत्व



हाम्रो पढेलेखेका बुद्धिजीवीहरु जो हुनुहुन्छ वहाँहरु विचको एकता ले मात्रै आन्दोलन खडा हुनेवाला छैन। आंदोलन साधारण ब्यक्ति द्वारा बन्छ। पढ़ेलेखेका हरु ले आन्दोलनको संयन्त्र निर्माण गर्न भुमिका खेल्न सक्छ ,योजना बनाउन भुमिका खेल्न सक्छ । तर आन्दोलन गर्न सक्दैन।हाम्रो समाजमा समस्या छ कि हामी आन्दोलन त खडा गर्न चाहन्छौ,तर त्यसको लागि संगठनात्म संयन्त्र हुनु आवस्यक छ। जुन काम पढेलेखेका ले गर्न सक्दछन । दु:खद त यो छ कि यहाँ बुद्धिजीवी व्यक्तिहरु मै आन्दोलन र समाज प्रती सबै भन्दा कम निष्ठा छ। सबै स्वार्थमा आफ्ना बिचार ,आफ्ना इतिहास एवं आफ्नो लागि संघर्ष गर्न छोडेर पिडकको संगठन लाई शक्तिशाली बनाउन जोर तोड का साथ लागेका छन।हामी ले बुझनै पर्छ साथीहरु हो, निष्ठाको अभावमा कुनै पनि संगठन वा संयन्त्र बनाउन सकिँदैन ।कम पढेलेखेका वा अनपढ नेताहरु ले संयन्त्र बनाउन सक्दैन। र पढेलेखेकाहरु नितान्त स्वार्थी हुँदै गैरहेका छन।यो समस्यालाइ गम्भिरताका साथ बुझ्नु पर्ने आजको आवश्यकता हो। समस्याप्रती गम्भीर भैइएन भने हाम्रो सामाजिक राजनीतिक भविस्य अंधायारो छ।
यदि हामी आन्दोलन खडा गर्न चाहन्छौ र हुकुमरान बन्न चाहन्छौ भने हामीमा निष्ठा हुनु अति आवश्यक छ। निष्ठाको के अर्थ छ? जुन उदेश्यका साथ तपाईं अगाडि बढिरहनुभएको छ ,त्यो उद्देश्य पुर्तीका लागि तपाईं ले जुन जुन कामको सुरुवात सोचेर सम्झेर गर्नुहुन्छ ,त्यो कार्य लाई स्विकार गर्नु र आजिवन त्यस कार्यालाई पूरा गर्न संघर्ष गर्नु ,काम पुरा नहुन्जेल त्यसलाइ आफ्नो जीवन नै भएको स्विकार गर्नु लाइ तपाईंको निष्ठा हो भन्ने कुरा देखाउछ।र निष्ठा पुर्वक सारा जीवन समाजलाइ शासक बनाउनमा लगाउनु लाई निष्ठा भन्न सकिन्छ।
आंदोलन चलाउन निष्ठाको धेरै नै महत्व हुन्छ। फेरि पनि आंदोलन केवल मात्र निष्ठाको भरोसामा चल्दैन। बुद्धीको पनि आवस्यकता हुन्छ।। *बाबा साहब डॉ. अम्बेडकर भन्नुहुन्थ्यो -मलाई केवल निष्ठावान व्यक्तिहरु आवश्यक छ, बुद्धिको भरपाई मैले गरिहाल्छु ।बुद्धि लाई बाबा साहबले दोस्रो स्थानमा राख्नुभयो ।निष्ठा पछि बुद्धि छ भने त्यो धेरै नै कामको चिज हो तर निष्ठा बिनाको बुद्धि छ भने त्यो धेरै नै खतरनाक हुन्छ। किन भने निष्ठा बिनाको बुद्धिमान ले समाज लाई बेच्ने काम गर्दछन । र उसले समाज लाई बेचिरह्नेछ।र भन्दैन पनि कि मैले समाज लाई बेचिरहेको छु।त्यस बखत पनि निष्ठा बेगरको बुद्धिमान व्यक्ति ले यो डिंग मारी रहन्छ कि मैले जे गरिरहेको छु,समाजको लागि गरिरहेको छु,समाजको हितमा गरिरहेको छु।
कुनै पनि आंदोलनलाई सफलतामा पुर्याउन त्यस मुवमेण्टमा निष्ठावान व्यक्तिहरुको संगलग्नता आवस्यक तत्व हो।जरुरी हो।किन भने निष्ठावान ब्यक्तिको बुद्धिले मात्रै सहि समयमा सहि तरिका ले काम गर्न सक्छ। निष्ठावान व्यक्ति कुनै पनि किसिमको खतरा उठाउनको लागि आफ्नो बुद्धीलाइ निर्देशित गर्न सक्छ।प्रेरित गर्न सक्दछ।यस्तो गर्ने साहस केबल निष्ठाबानले गर्न सक्दछ।गुलाम,चम्चा अथवा निष्ठा विनाको बुद्धिजीवीहरुको बसको कुरा छैन। निष्ठा एक प्रतिबद्धता, एक दृढ़ विश्वास जन्माउछ । दृढ़ निश्चय जन्माउँछ।
धैर्य त दृढ़ निश्चय पछि आउँछ। जस भित्र दृढ़ निश्चय छ उसमा धैर्य आउँछ नै। यदि दृढ़ निश्चय छैन भने धैर्य कहिलयै निर्माण हुदैन । दृढ़ निश्चयको अर्थ आफ्नो उद्देश्य अनुसर विचारधारा अनुसारको कार्यक्रम लिएर अगाडि बढिरह्नु हो।त्यो सबै कुरा माथी पूर्ण निष्ठा हुनै पर्छ। परिस्थिति चाहे जे सुकै होस ।हर प्रकारको परिस्थितिमा पनि बिचलित न हुनु निष्ठाको प्रतीक हो। निष्ठा ठूलो आंदोलन निर्माण गर्नु र चलाउनुका लागि अनिवार्य पूर्वशर्त हो।यस्तो निष्ठा बहुजन कार्यकर्ताहरु ले आफू भित्र निर्माण र विकास गर्नु पर्छ।उसलाई सिंचित गर्नु पर्छ। ताकी हामी आन्दोलनको निर्माण ,संचालन र उपलब्धिमुलक बनाउन सकौँ।र हाम्रो समाजलाइ हुकुमरान समाज बनाउने काम पुरा गर्न सकौ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्