कोरोनाको असर : आधाभन्दा बढीले घट्यो रेमिट्यान्स!



काठमाण्डौ । चालु आर्थिक बर्ष २०७६।७७ को नौ महिनामा विप्रेषण आप्रवाह ह्वात्तै घटेको छ । चालु आर्थिक वर्षको चैत्र महिनामा कुल विप्रेषण ३४ अर्ब ४८ करोड रुपैयाँ भित्रिएको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा भित्रिएको भन्दा आधा कम हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको चैत्र महिनामा ७० अर्ब ९९ करोड ६६ लाख रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

यस वर्षको चैत्र महिनामा भित्रिएको विप्रेषण रकम गत अर्थिक वर्षको चैत्र महिनामा भित्रिएको रकमभन्दा ५१.४७ प्रतिशत अर्थात् ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ कम हो । कोभिड–१९ का कारण विश्वव्यापी रुपमा नै विप्रेषण आप्रवाहमा २० पतिशतले ह्रास विश्व बैंकको अनुमान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्