मतदाता परीचयपत्र वितरण शुरु



सैघाली खबर,
दाङ १९ मंसिर।


दाङका ३ सय ९४ मतदान केन्द्रमा र्कमचारी खटिएका छन । निर्वाचनका लागि आवस्यक मतपत्र सहित ६४ प्रकारका सामग्रि सहित मतदान केन्द्रमा कर्मचारीहरु पुगेको निर्वाचन अधिकारी विजय कुमार कार्किले जानकारी दिनु भयो । आज देखि मतदाता परीचयपत्र बाड्न शुरु गरेका छन र भोली पनि परीचयपत्र बाड्ने बताउनु भयो।

थपिएका नँया मतदाता र गएको स्थानिय तहमा नलिएका मतदाताहरुको परीचय पत्र सम्वन्धीत मतदान केन्द्रबाट बाडिने उहाले बताउनु भयो। जिल्लामा १ सय ५१ मतदान स्थल तथा ३ सय ९४ मतदान केन्द्र तोकिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्