चुनाव विरोधी गतिविधि गर्ने ५५० जनाभन्दा बढी काठमाडौंबाट पक्राउ



सैघाली खबर,
काठमाडौं, १९ मंसिर ।– चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।
उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंसिरमा मात्रै शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धान पछि छोडिएको प्रवक्ता जोशीले बताउनुभयो ।
चुनावी गतिविधि सुरु भएसँगै ठाउँ ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले विभिन्न शंकास्पद गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्