नेपाली झण्डा बोकेर कालापानी हिँडेका विप्लवका सात कार्यकर्ता प क्राउ



काठमाण्डौँ, जेठ ८

सरकारले सबै प्रकारका गतिविधिमा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सातजना कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई दार्चुला प्रहरीले नेपाली झण्डा बोकेर दार्चुलाको नौगाड गाउँपालिकाबाट सुनसेरा सिना हुँदै कालापानी लिपुलेक अभियानमा हिँडेका समय बाटोमा पक्राउ गरेको हो।

सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईदै गरेको बताए । उनका अनुसार पक्राउ परेका स्थानबाट खंलगा आइपुग्न अझै एकदिन लाग्नेछ ।

“सातजना विप्लव समुहका कार्यकर्तालाई लिपुलेक जानेबाटोबाट पक्राउ गरिएको छ,” डीआईजी सुवेदीले भने । प्रहरीका अनुसार पक्राउ पर्नेमा नौगाड गाउँपालिकाका गणेश विष्ट सहित सातजना छन् । उनीहरुलाई प्रहरी चौकी दल्लेकबाट सईको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्