बाँकेमा प्रहरीलाई हातपात गर्ने एक युवक प क्राउ



बाँके, ८ जेठ
प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका-२१ बस्ने ३० वर्षीय दुर्गेस ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित पुरैनिमा जग्गा सम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर सोही ठाउँस्थित आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति आफै भाग्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानियले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान समेत घाइते भएका थिए । लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगंजमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगंज बाँकेमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्