विराटनगरमा दुई छोराले गरे बाबुको हत्या, घरभित्रै पुरे शव




काठमाण्डौँ, जेठ ८
विराटनगरमा आफ्नै बाबुको हत्या गरेको आरोपमा बिहीबार दुईजना छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महागरपालिका–१४ का सत्यराम चौहानका जेठो छोरा रोहित र माहिलो छोरा नागेन्द्र हुन् ।

पैसाको लेनदेनको विषयमा कुरा नमिलेर विवाद बढ्दै जाँदा उनीहरुले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरी आफ्नै घरभित्र खनेर पुरेको अवस्थामा ५५ वर्षीय चौहानको शव फेलापरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

हत्या गरेर सुत्ने खाटकै छेउमा लगभग तीन फिट गहिरो खाल्डो खनेर शव गाडेको अवस्थामा फेलापरेको एसपी अधिकारी बताए ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्