दाङमा थप एकजनामा कोरोना संक्रमण, यो सहित ३ जनामा पोजेटिभ



दाङ, ८ जेठ । दाङमा थप एकजनाको कोरोना संक्रमण भएको भेटिएको छ । राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणमा घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा रहेका घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षका एकजना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिइन् । उनी जेठ ५ गते भारतबाट आएका थिए ।

उनीसहित आएका पाँचजनामा एकजनालाई कोरोना पोजेटिभ देखिएको हो । यो सहित दाङमा तीनजनाका कोरोना संक्रमण देखिएको छ भने दुईजना जिल्ला बाहिर रहेको दाङका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्