एक पुरुषले देखेको महिला हिंसा



प्रकाश गजमेर

महिला ,नारी, धर्ती माता धेरौ सम्मानित शब्द ले सम्बोधन गरीए पनि संसारको जनसंख्याको ४९.६ प्रतिशत ओगटन सफल महिला थोरै बढी ५०.४ प्रतिशत हिस्सा भएको पुरुषबाट सधै किन हिंसामा पर्छन ? आज यो विषयमा म कलम चलाउन चाहन्छु । केही दिन अघि संयुक्त राष्ट्र संघका महासचिबले विश्व भरी नै लकडाउन को समयमा महिला हिंसामा व्यापक बृद्धी भईरहेको तथ्य सार्बजनिक गरेको छ । र भनेको छ यसमा गम्भीर भएर सोच्न पर्ने बेला आएको छ । यो अभिव्यक्ति अनुसार नै के साच्चैमहिला यो माहामारीको समयमा हिंसामा छन त ? के महिलालाई सधै पुरुषले हिंसाको सिकार बनाइरहने हो त ? महिला के कारणले हिंसामा परेका छन त? कहाँ, कहाँ हिंसाको सिकार छन त ? नेपाली समाजमा महिला हिंसा कसरी कहाँ कहाँ हुन्छन् त ?

गर्भमा हिंसा
नेपाली समाज यस्तो समाज हो जहाँ एक महिला जन्मनु अघि नै हिंसाको सिकार हुन्छे । यसको मुख्य कारण भनेको हाम्रो गलत संस्कार संस्कृति नै हो । नेपाली समाज छोरो पाउँदा आफूलाई खुब गर्वको अनुभुती गर्दछ । आफुलाइ भाग्यमानी सम्झन्छ ,भगवान को कृपा सम्झन्छ । हाम्रो समाजमा छोरो पाउँदा गरिने धार्मिक संस्कार मनोरन्जन खर्च र छोरी पाउँदा गरिने खर्चमा ब्यापक विभेद गर्छन । नेपाली समाजमा यस्ता गलत उखान पनि प्रचलीत छ “ढिलो होस छोरो होस “यो गलत संस्कार को उपज भन्छु म । छोरी पाउदा खिन्न मन गर्ने ,अभागी रहेछु । खप्पर बलियो नभए पछी केही लाग्दैन भन्ने जस्ता अभिव्यक्ति दिन पछी पर्दैनन् । झनै छोरा पाउने रहरमा आधुनिक प्रविधीले गर्दा हजारौं छोरीहरु गर्भमा नै पतन हुन विवश छन् । आखिर ती भ्रुणहरुको के दोस हुन्छ र जन्म लिनुमा ? जन्म लिन पाउने तिनीहरुको प्राकृतिक अधिकार होइन र ? तर हामी आफ्नो गलत सोचाइ गलत रितिरिवाजको अन्धकारमा रुमालिएर एक छोरीको भ्रुण हत्या गर्न पछि पर्दैनौ । एक महिला आफू महिला नै हुन्छे तर छोरो पाउने आशामा छोरीको भ्रुण हत्या गर्न पछी पर्दिन उसलाई पनि थाहा छ “म“ महिला हु भन्ने । तर किन गर्छे त त्यो क्रुर काम ? आधुनिक समाज लाई थाहा छ छोरा छोरा जन्मने कुरा मा महिला पुरुष दुबैको बराबर हिंसा हुन्छ भन्ने तर पनि छोरी जन्मदा अझै पनि महिला लाई नै दोस थुपार्ने प्रचलन किन त ?

जन्मिए पछिको हिंसा
नेपाली समाजमा जब छोरी जन्मिन्छे फेरि हिंसा भोग्न तयार हुनु पर्ने हुन्छ । जन्मन भन्दा अघी नै देखि संघर्ष गर्दै जन्मन्छे फेरि जन्मीए पछी पनि बाचुन्जेल सम्म पुरुष संग संघर्ष गरीरहन्छे । पछिल्लो पुस्तामा केही कमी आएको मात्र हो महिला हिंसा निर्मुल भने भएको छैन । आज भन्दा १० बर्स अघि सम्म पनि घर मा दुई सन्तान एक छोरा ,एक छोरी छन भने छोरो लाई निजी स्कुल हाल्ने चलन थियो । छोरीलाई सरकारी अझैपनि प्रशस्त देख्न सकिन्छ । एकै बाउका सन्तान एउटा (छोरा )दैनिक सुकिलो मुकिलो लुगा आवत जावत बसमा, दैनिक मुख फेरिफेरि खाजा , शैक्षिक गुणस्तर राम्रा भएको विद्यालयमा अध्यन गराइन्छ । छोरीलाइ सरकारी विद्यालयमा अध्ययन गराइन्छ । यो त शिक्षामा गरिएको विभेद हो समाजमा छोरीलाइ गर्ने विभेद कति हो कति । जब अली हुर्किदै जान्छे विभेदको रुप पनि परीबर्तन हुँदै जान्छ ।

समाजले गर्ने हिंसा
जब उ पन्ध्र, सोह्र वर्ष तिर लाग्छे घर र अभिभाबकको त विभेद सहन पर्छ नै समाजबाट पनि विभेदको सिकार हुन्छे । उसले गर्ने हरेक गतिविधिमा समाजको चासो हुन्छ । समाजले सहज रुपमा स्वीकार गर्दैन किशोर अवस्था जुन बेला केटा होस या केटी अत्याधिक मात्रामा सिक्न सक्ने र खोज्ने बेला हो , हिन्ने खाने रमाइलो गर्ने बेला हो । समाज भन्छ हेर फलानीको छोरी कति उत्ताउली, बाउ आमाले तह लाउन नसकेकी । उसको बोलीचाली हाउभाउ घुमफिर आदि मा समग्र समाजले मुल्याकंन गरिरहेको हुन्छ । हेर कस्तो छोटो लुगा लगाएकी, हेर कति मेकप गरेकी, कपाल रातो, फलानीको छोरी ले नाक काट्ने भै । यसको त बाउ आमाले दिएर विवाह हुदैन पोइला जान्छे , संस्कार नसिकेकी ,सोमत न भाकी, यस्ता तर्कहरु समाज गरिरहन्छ । माथी भनिएका कुराहरु महिलाको व्यक्तिगत अधिकार भित्र पर्दैन र ? काहँ जाने ?के खाने ?के लाउने? कसरी हिन्ने ?भन्ने उसको मानव अधिकारको कुरा होइन र ? यस्तो प्रतिबन्ध समाजमा पुरुषले मात्र होइन महिलाले महिला लाई नै गर्छन । जस्तै आमाले छोरीलाई समाजका महिलाले यौवन महिलालाई । मानव जातीमा पोथी सुन्दर हुने खोज्ने प्राकृतिक गुण हो । जीव जनावरमा भाले सुन्दर हुने प्राकृतिक गुण हो भन्ने कुरा समाज चटकै भुलिदिन्छ । फेरि तेही व्यवहार खानपान फेसन हीडाइ बोलाइ छोरा ले गर्दा सबै समाज लाई नै सहज लाग्छ । किन त..? कमजोरी हाम्रो सोचाइ अनि संस्कार पुरुष प्रधान समाज को अन्धो नजर होइन र ? केटीले जस्तै व्यावहार हरु यदी केटाले गर्यो भने समाजले भन्छ आजकालका उरनठेउला केटाहरु यस्तै हुन भन्ने सहज जबाफ आउँछ । एउटै व्यवहार लाई हेर्ने नजर पनि समान हुन पर्ने होइन र ? समाज अजै उदाहरण दिन्छ छोरी भनेको सेतो कपडा हो है दाग लाग्यो भने सजीलै देखीन्छ । इज्जत भन्ने कुरा महिला र पुरुष छोरा र छोरीको फरक हुन्छ र ? दाग पुरुष मै लागे पनि नदेखीने त होइन होला ..? एउटै घरको छोरो राती अबेर आउदा अभिभावक प्रश्न गर्दैन छोरी अबेर आउदा अभिभावक प्रश्न गर्छ कि न? कसरी ? कहाँ ? उस्ले परिवारलाई जबाफ दिन पर्छ के यो महिला हिंसा होइन र ?

विवाह गर्ने समयमा हिंसा
विवाहको साधारणतया स्वीकृत र समाहित परिभाषा निम्नानुसार छन् दुई व्यक्तिको बीच एक औपचारिक मिलन र सामाजिक कानूनी सम्झौता जसले उनीहरूको जीवनलाई कानूनी, आर्थिक, र भावनात्मक रुपमा एकजुट गर्दछ । विवाहले यौन सम्बन्धलाई पनि वैधानिता दिन्छ । एक महिला जब वैवाहिक बन्धनमा बाँधिने समय हुन्छ नेपाली समाजमा फेरि महिला हिंसाको सिकार हुन्छे । समाज ’भन्छ ,लै है छोरी हुर्काएर राख्दा राम्रो हुन्न । नाक मा गु लाइदिन सक्छे, छोरी उमेर ढल्काएर राख्न हुन्न , एउटा भने जस्तो आए दिए हुन्छ जस्ता कुरा समाजले गर्दै जान्छ । भैंसी किन्न ग्रहाक आएर राम्रो मूल्य पाएर बीच्न खोजे जस्तो व्यवहार समाज आफन्तको हुन्छ । केटीको मन नहुदा नहुदै पनि आमा बाउ आफन्त र समाजले भन्छ केटा धनी छ , खान्दान राम्रो छ । जग्गा जमीन छ शहरमा जस्ता भैतिक लोभ देखाएर भावना बेच्न बाध्य बनाइन्छ त्यहाँ महिलालाई दबाब नै श्रृजना गरिन्छ । तर जीबन खुसी हुने साधन धन सम्पतीले मात्र त होइन होला ? भावना पनि मिल्न पर्ला । तेही घरमा छोरो ३० पुग्न लागि सकेको हुन्छ समाज अभिभावक प्रश्न गर्दैन बेला भाको छैन अब
केही गरेर गर्ला नी । लै है बाबू बीबाहा त आफ्नो खुट्टामा उभीएर गर्न पर्छ यस्तै यस्तै । तेही परिवारमा छोरीलाई विवाह गरेर पनि केही गर्न सकिन्छ गरे हुन्छ विवाह यो डाइलग छोरीले बार बार सुन्न पर्ने आबाज हो के यो महिला हिंसा होइन र, ?

विवाह पछि परिवारमा हिंसा
जब विवाह हुन्छ पहिलो दिन हिंसामा पर्छन महिला विवाह गरेको अघिल्लो दिन देखिको थकान मानसिक तनाब कोलाहलबाट केटाको घर आकी हुन्छे । रातभरी रत्याउली खेल्नेहरुले सुत्न देका हुदैनन हो हल्लाले । विहान सबेरै उठेर दैलो कसेर चुलो तलो धारो पधेरो नयाँ बुहारीले गर्नपर्ने हाम्रो संस्कार छ । यहाँबाट नै एक प्रकार को हिंसा परेकी हुन्छे उ । यो संस्कार ले गरेको हिंसा हो । यदी उ अली चालाख छे काम व्यवहार जानेकी छ भने समाज भन्छ जागरीली रैछे । फलानीकी बुहारी । यदी उ काम नगरेकी रैछे भने ,अली काम व्यवहारमा परेकी रैनछ भने फेरि महिला हिंसामा पर्छन । आमा चै ले केही सिकाएकी रैनछ माइतामा यस्तो रैछे उस्तो रैछे हाम्रा छोरी यस्ता थीई उस्तो थीइ जस्ता मानसिक हिंसामा पर्दछे । जुन हिंसा महिलाबाट महिला लाई नै हुने गर्दछ लक डाउनको समयमा सामाजिक सन्जालमा देखीएको धेरै दृस्यहरु महिला हिंसा अन्तर्गत थिए । जहाँ पुरुषहरु जुवा तास खेलिरहेका महिलाहरु तिनिहरुलाई भेराइटिहरु बनाएर खुवाइ रहेका दृश्य थिए के त्यो काम पुरुषले गर्न हुदैन थियो ? आखिर सबै फ्रिनै देखीन्थे । यो हाम्रो सांस्कृतिक हिंसा हो ।
युरोपियन समाजमा भनौ वा विकसित समाजमा भनै हिंसा कम छ नेपाली समाज मा भन्दा जहाँ मानव अधिकार हुन्छ त्यहा महिला हिंसा कम हुन्छ विकसित समाजमा महिला आफू नै आत्म निर्भर हुने र बहु– विवाहलाई पनि समाजले सामान्य रुपले लिने भएको ले यसको दरमा कमी भएको हो जब सम्म नेपाली महिलाहरु आफै सबल हुदैन्न तब सम्म महिला हिंसा जारी नै रहन्छ । आज श्रीमान संग झगडा गर्यो बेलुुका उसले खाने खर्च दिएन भने भोकै बस्न पर्ने अवस्था रहुन्जेल सम्म महिला हिंसा कायम नै हुन्छ ।

लेखक हाल अध्ययनको शिलशिलामा पोर्तुगल रहँदै आएका छन् । उनी सामजिक र राजनितिक विषयबस्तु माथी समय सान्दभिक लेख लेख्ने वहस चलाउने गर्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्