अर्थ समितिद्धारा ‘१६ खर्ब ९५ अर्ब’ रुपैयाँ हाराहारीको बजेट ल्याउन सरकारलाई सिफारिस



काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले ‘१६ खर्ब ९५ अर्ब’ रुपैयाँ हाराहारीको बजेट ल्याउन सरकारलाई सिफारिस गरेको छ । समितिले सरोकारवालासँगको प्रि बजेट छलफलपछि बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिएको हो ।

अर्थ समितिले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटको आकार चालु आर्थिक वर्षको अनुमानित कूल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हाराहारी ल्याउन सुझाव दिएको हो । राष्ट्रिय तथ्यांक विभागको अनुसार चालु आव २०७६र७७ मा कुल गार्थस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । अर्थ समितिको सुझाव अनुसार बजेट बन्यो भने १६ अर्ब ९५ अर्ब रुपैयाँ हाराहारी आकारको बजेट आउनेछ ।

सरकारले चालु आवमा १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिएको छ । अर्थ समिति यसपटक पनि बिस्तारकारी बजेटको पक्षमा देखिएको छ । कोभिड १९ ले नराम्रोसँग प्रभावित भएका उद्योग, व्यवसाय, श्रमिकलगायत क्षेत्रलाई राहत दिनुपर्ने र अर्थतन्त्रलाई समेत गतिशिल बनाउनु पर्ने भएका कारण बिस्तारकारी बजेट आउनुपर्ने अर्थ समितिको निष्कर्ष छ ।

योजना आयोगले आगामी आवको बजेटका लागि सिलिङ दिँदा कोरोनाको प्रभाव देखिइसकेको थिएन । सोहीकारण त्यसबेला १७ खर्ब रुपैयाँको सिलिङ तोकिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्