फर्निचर उद्योगमा भिषण आगलागी, १६ लाखको क्षति



काठमाडौं। जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ३ मोफ्लामा रहेको राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए ।

आगलागीबाट १६ लाख ११ हजार ३ सय रुपैँया बराबरको क्षति पुगेको छ ।

आगलागी भएपछि बड्की प्रहरी चौकी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका मेशिन,फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्