नवलपरासी पश्चिममा थप तीन जनामा कोरोना संक्रमित पुष्टि , यो संगै अब जिल्लामा ५ जना संक्रमित थपिए



रबिन्द्र यादव , नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा एकैपटक थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार रामग्रामका दुई महिला र सुस्ताका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

केहिबेर अघि प्राप्त जानकारी अनुसार रामग्राम ३ घोडपालीकि ३३ वर्षिय महिला र रामग्राम १८ कि १५ वर्षिय महिलामै कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सुस्ता गाँउपालीका वडा नम्बर ५ का ३५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । दुई दिन अगाडी मात्रै सुस्ता पाँचकै एक २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

यस संगै नवलपरासी पश्चिममा संक्रमितको संख्या पाँच पुगेको हो । सुस्तामा २, प्रतापपुरमा १ र रामग्राममा २ जना गरि ५ जनाको संक्रमण पुष्टि भएको छ । यस अघि संक्रमित सबै भारतबाट आएका थिए भने आज भेटिएका तिन जना भारतबाटै आएका हुन वा होइनन् भन्ने बारे अनुसन्धान पछि थाहा हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।

रामग्राम र सुस्ता बाट केहि दिन अघि स्वाब संकलन गरि परिक्षणका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको आज बिहान त्यस्को रिपोर्ट आएको हो । रामग्रामका ५४ जनाको रिपोर्ट आएको ढकालले बताउनुभयो । दुई जना बाहेक अन्यको रिपोर्ट भने नेगेटिभ रहेको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालबाट कन्ट्रयाक ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली त्यस स्थान तर्फ गइरहेको छ । संक्रमित भेटिएको क्षेत्रमा गएर स्वास्थ्यकर्मीको टोलीले थप अनुसान्धान गर्ने जन स्वास्थ्य कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्