श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित एक जना प क्राउ



रौतहट, ९ जेठ
ईशनाथ नगरपालिका-९ दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट ना.५४ प २११६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्