स्वाब संकलन तथा पिसियार परिक्षणको दायरा बढाउन



ओमप्रकाश गुप्ता, भालुवाङ ९ जेष्ठ । समाजवादी पार्टी जिल्ला समन्वय समिती दाङले विश्वभर महामारीका रूपमा देखापरेकाे काेराेना भाइरस नेपालमा पनि यसकाे प्रभाव र दिनहँ जसाे संक्रमण बढ्दै जानू र मृतककाे संख्यामा समेत बृद्भि भईरहेकाेले तत्काल सरकार विभन्न कदम चाल्न ध्यानकर्षण गरेकाे छ । पार्टीका जिल्ला अध्यक्ष हाेमप्रसाद शर्माले बिहिबार एक प्रेस विज्ञप्ती जारी गरेर स्थानीय, प्रदेश र संघीय सरकारलाई सात बुदे कदम अगाडि बढाउन ध्यानकर्षण गरेका हुन् । पार्टीले स्थानीयतहका जनप्रतिनिधि, प्रदेश सरकार र केन्द्र सरकार संग स्वाब संकलन तथा पिसियार परिक्षणको दायरा बढाउनु पर्ने, क्वारेन्टाईनको उचित ब्यवस्थापन गरी क्वारेनटाईनको क्षमता बिस्तार गरिनुपर्ने, सामान्य एवं गम्भीर बिरामी हुँदा स्वास्थ्य परिक्षण र उपचार को ब्यवस्था गर्न बाहिर लैजानपर्ने बिरामीका लागि एम्बुलेन्सकाे ब्यवस्था गरिनुपर्ने, सिमा स्थित नाकाहरुमा फसेका नेपालीहरुलाई बैधानिक तवरबाट ल्याउने र सुक्षित क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न सुझाव सहितकाेे ध्यानकर्षण गरेकाे छ । त्यस्तै अतिबिपन्न परिवारहरुलाई खानाको समेत अभाव भएकोले राहत प्रदान गरिनु पर्ने, कृषकको उत्पादनको बजार सम्मको पहुँच ब्यवस्थित गर्नुपर्ने तथा बजारको ब्यवस्थापन गर्न नसके उत्पादनको क्षतिपुर्ति दिने ब्यवस्था गर्नुपर्ने र खेतिको मुख्य समय आईसकेको हुनाले अर्काे बर्ष गम्भीर प्रकारको भाेकमरीको सम्भावना आउन सक्ने देखिएकोले किसान लाई मल, बिउको उचित प्रबन्ध समयमै गर्नुपर्ने प्रेस विज्ञप्ति मार्फत सुझाव सहितकाे ध्यानकर्षण गरेकाे छ । बिगत ३ महिना देखि कोभिड–१९ (काेराेना भाईरस) को बढ्दो संक्रमणको कारण सिंगो नेपाली जनता त्राहित भएको यस गम्भीर परिस्थितीमा यही २०७७ जेठ ५ गते नेपालगन्ज,बाँके स्थित नैरानापुर को क्वारेनटाइनमा रहेका एकजना यूवक को मृत्यु हुनु र लगातार छिमकी जिल्ला बाँके र कपिलबस्तु हुँदै दाङ मा देखापर्नुले समग्र नेपाली नागरिकलाई जस्तै दाङवासीमा पनि नेपालको वर्तमान स्वास्थ्य अवस्था माथि गम्भीर संकट पैदाभई व्यापक चिन्ता छाएको छ विज्ञप्तीमा भनिएकाे छ । नेपालको वर्तमान स्वास्थ्य अवस्था र बढ्दैगईरहेको काेराेना भाईरसको संक्रमणको अवस्था हेर्दा काेराेना भाइरसले भन्दा अन्य सामान्य रोगको उपचार अभावको कारणले हुन सक्ने मृत्यु समेत गम्भीर चुनौतीको रुपमा देखा परेको विज्ञप्तीमा भनिएकाे छ । यसै सन्दर्भलाई लिएर समाजवादी पार्टी दाङले दाङ जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधीहरुका साथै प्रदेश सरकार र केन्द्रसरकार संग माथि उल्लेखित सुझाव अनुसारका महत्वपूर्ण चुनौतीहरुको सामना गर्नका लागि यथासिघ्र कदमचाल्न अनुरोध गर्दछाै जारी विज्ञप्तीमा भनिएकाे छ । उपर्यूक्त कार्यका लागि स्थानिय सरकारलाई आवश्यक बजेटको ब्यवस्था गर्न बिशेषत संघिय सरकार, प्रदेश सरकारहरुलाई आ-आफ्नो स्तरको ब्यवस्थापन यथासिघ्र गर्न गराउन हाम्रो पार्टी यसै प्रेस बिज्ञप्ती द्वारा आग्रह गर्दछौं, जारी विज्ञप्तीमा भनिएकाे छ । साथै पार्टीले जिल्लावासी बुध्दिजिवी, समाजिक अभियन्ता, पत्रकार, नागरिक समाज, राजनैतिक ब्यक्तित्व, पूर्वमन्त्री, पूर्व सांसद, स्वास्थ्यकर्मी, लगायत सबै ब्यक्तित्वहरुलाई नेपाल सरकारका सम्बन्धित निकायहरुमा जोडदार पहल गरिदिन सबै क्षेत्र संवेदशिल हुन आग्रह गर्दछौं जारी विज्ञप्तीमा भनिएकाे छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्