मृतक शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ



गुल्मी, जेठ ९ / कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन नै जिल्ला स्वास्थ्य कार्यालयको समुहले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी
पिसिआर्को लागि पठाएको थियो ।

जसमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक संचालक लगायत रहेका थिए । जसमध्ये पाचँ जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित एक विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि ज्यान गएको थियो । तर उनलाई कसरी कोरोना पुष्टि भयो भन्नेबारे भने सबै अनविज्ञ छन् ।

गाउँमा भारतबाट केहि नागरिक आएका थिए । तर उनीहरु घर आएको ५० दिनभन्दा बढी भइसकेको छ । भने सुरुमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । शिक्षकमा कोरोना भेटिएसँगै मदाने गाउँपालिका पूर्णरुपमा शिल गरिएको छ ।

जेठ १ गतेभन्दा अगाडी उक्त शिक्षकसँग ३५ जना प्रत्यक्ष सम्पर्कमा जोडिएका छन् । भने १५० जना अप्रत्यक्ष रुपमा भेटघाट भएका छन् । ३५ जनामध्ये पाचँजना सुरक्षित होम क्वारेन्टाइनमा रहेकोले स्वाव लिइएको छैन । बाँकि ३० जनाको कोरोना जाचँको लागि स्वाब लिइएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्