कोरोना कहरः विश्वभर ३ लाख ३९ हजार बढीको मृत्यु, २१ लाख ५० हजार निको भए



काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार नाघेको छ ।५२ लाख ९७ हजार बढी संक्रमित मध्ये २१ लाख ५० हजार उपचार पछि निको भएका छन् ।

४४ हजार ५ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ४४ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ ।

बेलायतमा २ लाख ५४ हजार संक्रमित मध्ये ३६ हजार ३ सय बढीको मृत्यु भएको छ ।इटालीमा २ लाख २८ हजार ६ सय संक्रमित र ३२ हजार ६ सय बढीको मृत्यु भएको छ ।फ्रान्समा १ लाख ८२ हजार २ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार २ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८१ हजार ९ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ६ सय बढीको मृत्यु भएको छ ।ब्राजिलमा ३ लाख ३० हजार ८ सय बढी संक्रमित हुंदा २१ हजार बढीको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ७९ हजार ७ सय बढी संक्रमित र ८ हजार ३ सय बढीको मृत्यु भएको छ ।चीनमा ८२ हजार ९ सय ७१ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ ।

रसियामा ३ लाख २६ हजार ४ सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार २ सय नाघेको छ ।यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख २४ हजार ७ सय नाघ्दा ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा हालसम्म १ हजार ६७ जनाको मृत्यु हु्ँदा ५० हजार ६ सय बढी संक्रमित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्