निर्वाचन आयोगले द्वारा मतगणना तालिका सार्वजानिक



सैघाली खबर
काठमाण्डौ, १९ मंसिर । निर्वाचन आयोगले बिहिबार दोस्रो चरणको मतदान सम्पन्न हुने बित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरू गर्ने जनाएको छ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले बिहिबार अपरान्ह ५ बजे मतदान सकिनै बित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरू हुने जानकारी दिएका हुन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सबै मतपेटिका संकलन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरू गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको स्पष्ट पारे।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतगणना एकै समयमा सुरू गर्ने सकिने व्यवस्था मिलाएको छ। स्थानको अभाव भए उचित बन्दोबस्त गर्ने काम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको भएको निर्वाचन आयुक्त पौडेलले बताए।

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउने गरी व्यवस्था गरिने स्पष्ट पारेको छ। निर्वाचन आयुक्त पौडेलले मतगणना स्थलमा उच्च सुरक्षा सर्तकता अपनाइने बताए।

निर्वाचन आयोगले ८ दिनभित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना बनाएको छ। आगामी बिहिबार दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत मंसिर १० गते सम्पन्न भइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्