गल्याङ्ग नगरपालिका ६ पिडीखोलाका किसानले खेतमा लगाएको मकै बालिमा फौजी किरा देखियो




अमृत भट्टराई , पर्वत
स्याङ्जाको गल्याङ्ग नगरपालिका ६ पिडीखोला उर्लेनीका किसानले खेतमा लगाएको मकै बालिमा अमेरिकन फौजी किरा जस्तै देखिने किराले गर्दै उर्लेनीका ३६ घर धुरीको झन्डै १००० रोपनीमा लगाएको मकै बाली नष्ट हुने देखिएको छ ।

स्थानीयले नगरपालिकामा फोन मार्फत जानकारी गराउदा नगरपालिकाले प्रविधिक टोली र उपयुक्त विषादी उपलब्ध गराउने भनेको छ तर मकै बाली पुरै नष्ट हुन्न लाग्दा पनि नआएको स्थानीय युवा बिमल चापागाईंले जनाए ।

उनका अनुसार गल्याङ्ग नगरपालिका वडा नम्बर ६ को वडा कार्यलय मा पनि मौफिक र लिखित निवेदन दिएका थिएउ तर अहिलेसम्म कुनै निकाय बाट कुनै पहल नहुदा कृषक चिन्तित रहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्