सामाजिक संजालमा जातीय विभेद शब्द प्रयोग गर्ने पक्राउ



धनगढी, जेठ ९- सामाजिक संजालमार्फत जातीय विभेद तथा छुवाछुत गरेको अारोपमा धनगढीमा एक युवा प्रकाउ परेका छन्। धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडलाई सामाजिक संजालमा जातीय विभेद गर्ने कैलाली धनगढी ३ बस्ने ४० बर्षीय ओमप्रकाश पाण्डेय शुक्रबार प्रकाउ परेका हुन्।

जिल्ला प्रहरी कार्यलय धनगढीले पाण्डेयलाई प्रकाउ गरेको हो । जातीय विभेद तथा छुवाछूत गरेको भन्दै जेठ ५ गते पाण्डेय बिरुद्ध जिल्ला प्रहरी कार्यलय धनगढीमा मुद्दा दर्ता भएको थियोे । पाण्डेय विरुद्ध धनगढीका नेपाल दलित समाज कल्याण संघ क‌ैलाली जिल्ला सदस्य  पतिराम सोव, मिशन अाम्बेडकर नेपाल केन्द्रीय अध्यक्ष मनोज जैगडी, नेपाल परिवार दलका सुदुरपश्चिम संयोजक खडक नागरी   र दलित गैरसरकारी संस्था महासंघ कैलाली अध्यक्ष  खड्क विकले जेठ ५ गते जिल्ला प्रहरीमा मुद्दा दर्ता गर्नु थियोे ।

प्रहरीले अारोपितलाई शुक्रबार प्रकाउ गरिएको हो । प्रहरीले पाण्डेय बिरुद्ध जातीय विभेद तथा छुवाछूत कसुरमा मुद्दा दर्ता गरि कारवाही अगाडि बढाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्