ग्रान्डी अस्पतालमा कोरोना संक्रमित भेटिए, अस्पताल सिल गरिने



काठमाण्डौँ, जेठ १०
काठमाडौंको धापासीमा रहेको ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै अब ग्रान्डी अस्पताल सिल गरिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार काठमाडौंमा भेटिएका कोरोनाभाइरस संक्रमित तिनै कर्मचारी भएको खुलेको हो । उनी ३५ वर्षका पुरुष हुन् । ग्रान्डीका कर्मचारी भए पनि उनी स्वास्थ्यकर्मी चाहिँ होइनन् ।

अब उनको कन्ट्याक ट्रेसिङ गरिने पनि तयारी छ । यसका लागि स्वास्थ्य मन्त्रालयको टोली अस्पतालमा पुगेर काम सुरु गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्