स्पेनिस ला लिगा जुन ८ बाट सुचारु हुने



एजेन्सी । स्पेनिस ला लिगा जुन ८ बाट सुचारु हुने भएको छ । स्पेनिस सरकारले अनुमति दिएसँगै क्लवबहरुले प्रतियोगिता सुचारु गर्ने तयारी थालेका छन् ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले ला लिगा सुचारु गर्ने मिति घोषणा गरेका थिए । लिगका अध्यक्ष जाभियर टाबेसले ला लिगा जुन १२ ताखिरबाट सुचारु हुने बताएका थिए ।

त्यहि अनुसारको तयारी भइरहेको थियो । यो महिनाको सुरुवातमा १० वटा भन्दा बढि क्लवले लिगको तयारी सुचारु गरेका छन् ।ला लिगा सुचारुका लागि सबै पक्षको तयारी पूरा भएको लिगले जनाएको छ । अब हरेक दिनका गतिविधिलाई सुचारु गर्ने बेला आएको ला लिगाले जनाएको छ ।

शीर्ष डिभिजनका साथै दोस्रो डिभिजनको लिग पनि सोहि मितिमा सुचारु गर्न सक्ने प्रधानमन्त्रीले बताए ।कोरोनाका कारण दुई महिना स्थगित भएको ला लिगा सुचारुका लागि आयोजकले प्रोटोकल बनाएका छन् ।

जस अन्तर्गत रहेर क्लवहरुले सामाजिक दुरी कायम गरेर समूहमा प्रशिक्षण थालेका छन् ।गत मार्च १२ तारिखबाट स्थगित भएको ला लिगाका केहि खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रशिक्षण सुरु हुनु भन्दा अगाडी सबै खेलाडीको परीक्षण गरिएको थियो । अहिले खेलाडीले १० जनाको समूहमा प्रशिक्षण गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्