नायिका बर्षा राउतको लाजमर्दो अभिव्यक्ति – सामाजिक सञ्जालमा चर्को आलोचना



काठमाडौं ।भारतीय अतिक्रमणबिरुद्ध सिङ्गो देश एक भएका बेला नेपाली नायिका बर्षा राउतले भने निक्कै बिबादित अभिव्यक्ति दिएकी छिन । उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको बताएकी छिन् । एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

उनले २९ सेकेण्डको भिडियोमा लिपुलेक कालापानी लिम्पियाधुराको विषयमा बोल्दै नायिका वर्षाले पत्रकारहरुले नै दुवैतिर झगडा निम्त्याइरहेको बताएकी छिन् ।

यहाँ त दुईटै जर्नालिष्ट मिलेर झगडा बनाइरहेको छ ।’ उनले भिडियोमा भनेकी छिन्- ‘देशको माया लाग्छ भन्दैमा ए यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन त यो टेवुलटक गरेर यताको गर्भमेन्ट र उताको गभर्मेन्ट मिलेर गर्ने कुरा हो ।’ वर्षाले बोलेकी छिन् ।

उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् । वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले उनलाइ समस्या भएको बताएकी छन्।

उनले भनेकी छिन् – भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुइ देशका पत्रकारहरुले यसलाइ झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?

यसअघि भारतमा आफ्नो सिङ्गो कलाकारिता जीवन बिताएकी मनिषा कोइरालले नेपालको समर्थनमा बोलेकी थिइन । नेपालको समर्थनमा बोलेपछि भारतमा उनको चौतर्फी बिरोध भयो भने भारतीय मिडियाले उनलाई भारतको नुन खाएर चीनको समर्थन गर्ने भन्दै तुच्छ गाली पनि दिन भ्याए । तर आम नेपालीहरुले भने उनलाई साथ् दिएका छन् ।

नेपाल सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी भूमी सहितको नेपाली राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपाल भारत सिमा चर्किँदो छ ।

नेपाली भूमी रक्षार्थ सम्पूर्ण राजनीतिक दल, सिमा विद, नागरिक समाज तथा कलाकर्मी एकजुट हुँदा वर्षाले दिएको अभिब्यक्तिले उनलाई नेपाली कलाकर्मीसँग मात्र हैन नेपाली जनता माझ नै अलोकप्रिय बनाइदिएको छ । नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताइसकेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्