समाचार

बाँदरले बम टिपेर लगेपछि

By थाहा अनलाइन

December 06, 2017

सैघाली खबर धरान ,२० मंसिर

धरान धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दै गर्दा बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए ।

बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइ दिन्छु र ध्वस्त बनाइदिन्छु भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए। धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन्।