सैघाली खबर
दाङ, २० मंसिर ।
नेपाली काँग्रेसकी नेतृ एवं पूर्व सासंद अनिता देवकोटाको घर अगाडी रहेको शंङकास्पद बस्तु बम नभएको प्रहरीले जनाएको छ । घोराही उपमहानगरपालिका १५ साई मन्दिर टोल स्थित देवकोटाको घरमा अगाडी गएराती शंङकास्पद बस्तु फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका डि.एस.पि. भुवनेश्वर तिवारी र घोराही स्थित रिपुमर्दण गणबाट खटेको नेपाली सेनाले उक्त बस्तु नियन्त्रण ल्याई डिस्पोट गरेको थियो । उक्त शंकास्पद बस्तु बम नभई कपडा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कालो प्लाष्टिक झोला भित्र बेरिएर राखेको उक्त बस्तु विहान ९ बजे डिस्पोज गरेको वताईएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।