नवराज लगायत निर्दोष युवाको हत्या : दोषीलाई सरकारले कार्वाही नगरे जनसकारले कार्वाही गर्छ – चन्द्र बुढा

दोषीलाई सरकार कार्वाही नगरे जनसकार् कार्वाही गर्छ


जेठ १३ पश्चिम् रुकुम । रुकुम पश्चिम् विप्लव नेकपा इन्चार्ज चन्द बुढाले हत्यामा नवराज लगायत युवाहरुको हत्यामा संलग्न दोषीलाई निष्पक्ष छानबिन शहित दोषीलाई कडा कार्वाहीको माग गरेका छन यद्यपि सरकारले राजनीति आडमा कार्वाही गर्दैन भनी विप्लव नेकपाले दोषीलाई कार्वाही गर्ने चेतावनी दिएका छ्न ।

बुढाले विज्ञप्ति भनेका छ्न रूकुम पश्चिम चौरजहारि नगरपालिका वडा नं ८ सोति निवासि सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरि नगरपालिका वडा नं ४ राना गाउँ निवासी नवराज बि क बिच लामो समय देखिको प्रेमिल सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने पबित्र उद्देश्य सहित बिहेको लागी केटी लिन सोतिमा पुगेका नबराज वि क लगायत १९ जनाको समुह माथी केटी पक्षका आफन्त लगायतका निर्दयि,मानबताहिन मान्छेहरूको समुहले साङघातिक हमला गरि नवराज वि क र टीका राम वि क को बर्वरतापुर्न हत्या गरि थप ५ जनालाइ बेपत्ता पारी अन्य १२ जना लाई कुटपिट गरेको समाचार आइरहेको छ । घटनाको मुख्य कारण अन्तरजातीय विवाह रहेको छ। मलाई यो बर्बरता पुर्ण ,अमानवीय ,जघन्य र महाअपराधिक प्रकृतिको घटना ले स्तब्ध बनाएको छ र असहय पिडा सङ्गै आक्रोश पैदा गरेको छ।यो दु:खद , पिडादायि र आक्रोशपुर्ण यो सन्दर्भमा:
१) यो अमानवीय ,बर्बरता पुर्ण ,जघन्य र अपराधीक प्रकृतिको हत्याको घोरभ्रत्सना सङ्गै खेत प्रकट गर्दछु।मृतकहरु प्रती भावपुर्ण:श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोकाकुल परिवार तथा आफन्तजनहरु प्रती गहिरो समबेदना प्रकट गर्दछु।
२) घटना मा समलग्न दोसिहरु लाई कानुन बमोजिम हदैसम्मको कार्बाही होस।
३) बेपत्ताहरुको खोजी गरि सत्य तथ्य पत्ता लगाई बेपत्ताको हरूको स्थिती तुरुन्त सर्बजनिक गरियोस साथै कुटपिट बाट घाइते भएकाहरुको उपचार गरियोस।
४) मृतकका परिवार लगायत पीडितहरुलाइ उचित क्षतिपूर्ति दिलायोस।
५) घटनाको दोसि कसुरमा गिरफ्तार गरिएका जनप्रतिनिधि डम्बरबहादुर मल्ल को बर्खास्त गरियोस्
६) नेपालको संविधानले अन्तर जातीय बिबाह लाई कानुनी मान्यता दिदादिदै पनि उजुरी दर्ता गर्ने स्थानीय प्रहरी प्रसासन माथी उचित छानबिन गरि कार्बाही गरियोस।
७) राजनैतिक पार्टी ,नागरिक समूह,बुद्धिजीवी ,सञ्चारकर्मी ,युबा ,विद्यार्थी ,शिक्षक ,कर्मचारी सबैतह तप्काका जिम्मेवार शक्तिहरु बाट हत्याराहरुलाई कार्बाही नहुदा सम्म निरन्तर खबरदारी गरियोस।कुनै पनि बहाना वा कबर मा राजनैतिक संरक्षण नहोस किनकि जनअदालत कृयाशिल छ हेक्का रहोस।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्